back
CTIZAN AD

गृहमन्त्रीको अभिव्यक्तिप्रति सांसद रमेश मल्लको आपत्ति

वि.सं.२०८३ साउन १६ शनिवार

339 

shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद रमेश मल्लले मधेश भ्रमणका क्रममा गृहमन्त्री सुधन गुरुङले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले गृहमन्त्रीको अभिव्यक्तिले शान्ति स्थापना र सामाजिक सद्भावभन्दा राजनीतिक विवादलाई बढावा दिने संकेत गरेको बताएका छन्।

मल्लले विपद्, द्वन्द्व वा संकटका बेला सरकार जनतामाझ पुग्नु सकारात्मक र आवश्यक कदम भए पनि त्यस अवसरलाई राजनीतिक अभिव्यक्तिको माध्यम बनाउन नहुने उल्लेख गरेका छन्। उनले जाजरकोट भूकम्पका बेला तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रभावित क्षेत्रमा पुगेर उद्धार कार्यमा प्रत्यक्ष सहभागी भएको उदाहरण दिँदै अहिले गृहमन्त्रीको मधेश भ्रमण पनि सकारात्मक भए तापनि अभिव्यक्तिले उद्देश्यप्रति प्रश्न उठाएको बताएका छन्।

उनले गृहमन्त्रीले व्यक्त गरेको ‘दलविहीनता’ सम्बन्धी टिप्पणी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाहेकका दललाई लक्षित हो वा आफ्नै दलसहित सबै राजनीतिक दललाई भन्ने स्पष्ट हुनुपर्ने बताएका छन्। साथै स्थानीय तहप्रति गरिएको आरोप र कटाक्षले द्वन्द्व समाधानमा सहयोग पुग्ने कि थप तनाव सिर्जना गर्ने भन्ने विषयमा पनि प्रश्न उठाएका छन्।

सांसद मल्लले शान्ति, राजनीतिक सहमति र सामाजिक सद्भाव विपरीत देखिने अभिव्यक्तिप्रति गृहमन्त्रीले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेका छन्। साथै, गृहमन्त्री आबद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि यस्ता अभिव्यक्तिलाई नियन्त्रण गर्नुपर्ने उनको भनाइ छ।

देश र जनता संकटमा रहेका बेला गैरजिम्मेवार अभिव्यक्तिमार्फत राजनीतिक लाभ लिन खोज्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने मल्लले आग्रह गरेका छन्।

वि.सं.२०८३ साउन १६ शनिवार १३:२५ मा प्रकाशित

कफी व्यवसाय सञ्चालनसम्बन्धी कानुनी प्रक्रिया र मापदण्डबारे अभिमुखीकरण कार्यक्रम हुँदै

कफी व्यवसाय सञ्चालनसम्बन्धी कानुनी प्रक्रिया र मापदण्डबारे अभिमुखीकरण कार्यक्रम हुँदै

काठमाडौं । नेपाल कफी व्यवसायी महासंघको आयोजनामा कफी व्यवसाय सञ्चालनका...

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग

प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग

सुदूरपश्चिम । नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घ सुदूरपश्चिम...

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

काठमाडौं । भोलिदेखि काठमाडौको भृकुटीमण्डपमा सुरु हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स...