back
CTIZAN AD

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

वि.सं.२०८३ असार ९ मंगलवार

273 

shares

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने २०० विद्यार्थीलाई ‘एक घर, एक करेसाबारी’ बनाउन सीप सिकाउँदैछ ।

कृषि पेसालाई व्यावसायिक बनाउन तथा कृषिमा दक्ष जनशक्ति उत्पादनका लागि अभिप्रेरणा दिन गाउँपालिकाले पालिकाभित्रका तीन सामुदायिक विद्यालयमा ‘करेसाबारी कार्यक्रम’ सञ्चालन गरेको गाउँपालिकाले जनाएको छ ।

यस कार्यक्रमबाट यहाँका विद्यार्थीले स्थानीयस्तरमा पाइने अन्नको संरक्षण र ताजा तरकारी उत्पादनमा सीप आर्जन गर्न सक्छन् भन्ने विश्वास यहाँका सामुदायिक विद्यालयले गरेका छन् ।

गाउँपालिकामा जम्मा १८ वटा विद्यालय छन् । त्यसमध्ये वडा नं ५ मा कालिका माध्यमिक विद्यालय महावै, वडा नं ६ मा रहेको चन्द्रागिरि माध्यमिक विद्यालय, राम्नी कोटबाडा र वडा नं ७ को राम माध्यमिक विद्यालय कुनीमा ‘एक घर एक करेसाबारी, एक घर पाँच बिरुवा’ कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।

ओदा फाउन्डेसनको सहयोगमा सञ्चालन गरिएको सो कार्यक्रम महावै सामुदायिक विद्यालयका कक्षा ८, ९ र १० मा अध्यायन गर्ने विद्यार्थीका लागि लागू गरिएको छ ।

“यस कार्यक्रमको उद्देश्य प्रत्येक घरमा स्थानीय बाली संरक्षण गर्ने, कम्तीमा पाँच प्रकारका तरकारी उत्पादन गर्ने र परिवारलाई पोषणयुक्त खानेकुरामा आत्मनिर्भर बनाउने हो”, ओदा फाउन्डेसनका अध्यक्ष कर्णबहादुर सिंहले भने, “विशेषगरी यहाँका धेरै पुरुषहरू रोजगारीका लागि भारत जाने भएकाले घरमा रहेका महिला तथा बालबालिकालाई वर्षभरि ताजा तरकारी उपलब्ध होस् भन्ने हाम्रो लक्ष्य छ । त्यही लक्ष्यअनुसार अहिले हामीले विद्यार्थीसँग मिलेर काम गरिरहेका छौँ ।”

यतिखेर यहाँका कक्षा ८, ९ र १० का विद्यार्थी करेसाबारी व्यवस्थापन, नर्सरी स्थापना, बिरुवा उत्पादन तथा फलफूल र तरकारीखेतीका व्यावहारिक सीप सिकिरहेका छन् ।

गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंह विद्यार्थीलाई वातावरण संरक्षण, विद्यालय करेसाबारी (स्कुल किचेन गार्डेन) तथा दिगो कृषिसम्बन्धी अभिमुखीकरणले उत्पादनमा लाग्न मद्दत पुग्ने बताउनुहुन्छ । उहाँ यस कार्यक्रमबाट यहाँका स्थानीय बासिन्दा तरकारी उत्पादनमा आत्मनिर्भर भएका छन् भन्छन् ।

करेसाबारी कार्यक्रम सञ्चालन हुँदा विद्यालयमा सिकेको कृषि ज्ञानलाई घरमा आफ्ना अभिभावकलाई जानकारी गराउने र उक्त सीपले घरमा करेसाबार
ी निर्माण गरेर तरकारी फलाउने काम गरेको कालिका माध्यमिक विद्यालय–५ महावैमा कक्षा ९ मा अध्यायनरत छात्रा रमा काफ्लेले बताउनुभयो । “विद्यालयमा सिकेको कृषि ज्ञानलाई घरमा अभिभावकलाई सिकाउने गरेका छौँ”, उनले भने, “जसका कारणले अहिले घरमा ताजा तरकारी तथा अन्य कृषि बाली लगाउनका लागि सहज भएको छ ।”

युरोपका केही देशमा विद्यालय बगैँचाको अभ्यास सन् १८१९ देखि र अमेरिकामा सन् १८९१ बाट विद्यार्थीलाई व्यावहारिक कृषि तथा बगैँचासम्बन्धी सीप सिकाउन थालिएको थियो । त्यसयता विद्यालयमा तरकारी फलपूmल तथा पोषण शिक्षा जोड्ने उद्देश्यले करेसाबारी कार्यक्रम विश्वका धेरै देशमा फैलियो ।

नेपालमा भने विद्यालयस्तरमा करेसाबारी शिक्षा, विभिन्न समयमा कृषि शिक्षा, पोषण कार्यक्रम र विद्यालय बगैँचा कार्यक्रममार्फत विद्यार्थीलाई क्रमशः सीप सिकाइँदै लगिएको छ ।

वि.सं.२०८३ असार ९ मंगलवार १६:५२ मा प्रकाशित

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान...

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमाडौं । पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा परी...

अर्थमन्त्री डा. वाग्लेले  २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

अर्थमन्त्री डा. वाग्लेले २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

काठमाडौं । नेपालमा सञ्चालनमा रहका २० वटै वाणिज्य बैकको प्रमुख...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...