back
CTIZAN AD

सुसेली

वि.सं.२०८३ जेठ ९ शनिवार

2.7K 

shares

पिँडालु पण्डित, नुवाकोट

१.
खाए शपथ
सबै बिर्से लुँड्याए
भयो कुफत ।

२.
जता पाइन्छ
आशक्ति छ पदको
त्यतै जाइन्छ ।

३.
जाऊ जितेर
सोझासाझा जनता
खाऊ मिचेर ।

४.
जे छ पदै छ
दायाँ बायाँ जान्दिनँ
लोभ सधैँ छ ।

५.
देख्छु सपना
मनमनै रमायो
दुख्छ विपना ।

६.
पद बढ्दै छ
नेता हुँ म भन्नेको
कद घट्दै छ ।

७.
पार्टी फुटाएँ
सुको कतै झरेन
फेरि जुटाएँ ।

८.
सत्ता सयर
यौटै मात्र अभीष्ट
उठ्यो पयर ।

९.
हलो अड्कियो
आफ्नै स्वार्थ पूर्तिमा
वार्ता भड्कियो ।

१०.
हैन हारेको
बिर्सिए छु जनता
पाखा पारेको ।

वि.सं.२०८३ जेठ ९ शनिवार ०६:५२ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...