back
CTIZAN AD

गजल

वि.सं.२०८३ जेठ ९ शनिवार

642 

shares

उत्तम विचार, काठमाडौँ

गरिब आकाश ओढ्दै छन् सहरमा टन्न घर छन्
जहाँ खोला बगेका छन् त्यहीँ सुख्खा बगर छन्

बलेको युद्धको ज्वाला निभेकै छैन आमा
जलेका घाउ झन् दुख्छन् अझै गाढा असर छन्

सदनमा पक्षमा बोल्ने सभासद् भेट्न गाह्रो
गरेका काम देख्दैनन् बिगारेकै सदर छन्

भएका गाउँ मासेर मुलुकभर आजभोलि
जबर्जस्ती हुँदै घोषित यहाँ थुप्रै सहर छन्

सबै अट्ने मुलुक हाम्रो यही साझा बगैँचा
जहाँ फुल्ने विविध जाति र आफ्नै भिन्न थर छन्

बहर : हजज मुसम्मन महजुफ
वजन : १२२२ – १२२२ – १२२२ – १२२
अर्कान : मुफाईलुन्,मुफाईलुन्, मुफाईलुन् फऊलुन्
काफिया : अर
रदिफ : छन्
अभ्यास : परिश्र्मी पाठशाला

वि.सं.२०८३ जेठ ९ शनिवार ०६:५१ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...