back
CTIZAN AD

झिल्का कविता

वि.सं.२०८३ जेठ ९ शनिवार

1.1K 

shares

रुना कर्माचार्य दाहाल,चितवन

१.
मनको मैलो बढार्नु
घृणा, रिस सबैलाई
पर्छ आफैँले उधार्नु।

२.
तोडेर हरेक कठघरा
खुला गगनमा उड्ने
मन स्वतन्त्र चरा।

३.
शब्द आफैँ बाँधियो
अव्यक्त पीडा छातीभित्र
मौनताले मन बाफियो ।

४.
सहाराको बलियो टेवा
सेतो पोसाकमा गर्छिन्
रातदिन जागेर सेवा।

५)).
सेवाको सुन्दर परिचय
नर्स पेशा भनेको
मानवताको रहेछ विजय।

६.
बिरामीलाई भरोसाको छाया
औषधीभन्दा मीठो बोली
आफ्नै सम्झेर माया।

७.
अरूलाई चलाएर छुरा
पानीमाथिको ओभानो नबन्नू
दबाएर साँचो कुरा।

८.
व्यर्थको नलगाऊ आरोप
बाहिरिन्छ सत्य मुखौटाभित्रको
काम लाग्दैन ढाकछोप।

९.
सत्यले दिन्छ शान्ति
भित्रको उज्यालो झल्किन्छ
अनुहारमा छाउँछ कान्ति।

१०.
मनमा राखे बुद्ध
रक्तपात, हत्या, हिंसा
सबै हुन्छ अवरुद्ध।

वि.सं.२०८३ जेठ ९ शनिवार ०६:४८ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...