back
CTIZAN AD

कविता : जिब्रो बटार्ने सिसी

वि.सं.२०८३ जेठ ९ शनिवार

798 

shares

हिरा भट्ट ‘बदमास नम्बर दुई’
पञ्चेश्वर-६, बैतडी

निस्के बाघ बनेर जो पसलमा पस्दा बिराला थिए
खै के पो वरदान तीर्थ सरिका भट्टीहरूले दिए
आलो इज्जत सान मान पदवी ऐश्वर्य सारा मिसी
काका नित्य बटार्दछन् सहरमा जिब्रो बटार्ने सिसी
|१|

जिब्रो स्नान सदैव शुद्ध जलले सानो खुसीले छुँदा
जिब्रो आचमनीय दर्द पलमा दर्केर दु:खी हुँदा
ए फर् एप्पलका लुला र लँगडा शब्दार्थ थोरै मिसी
काका नित्य बटार्दछन् सहरमा जिब्रो बटार्ने सिसी
|२|

निम्तो दिन्छ निवासमा सुँगुर झन् स्वीकारियो निर्भय
साक्षी स्वागतमा सधैं कुकुर छन् साझा छ शौचालय
बाआमा दुलही स्वयंसित सबै छोरा र छोरी मिसी
काका नित्य बटार्दछन् सहरमा जिब्रो बटार्ने सिसी
| ३|

पास्नी गर्छ विवाह गर्दछ सिसी हुन्छन् सिसीका बुढी
बच्चा पाउँछ भोज गर्दछ सिसी बोक्छन् सिसीले भुँडी
सीसीसी सिसिसी सिसी सिसिसिसी सीसीसिसी सीसिसी
काका नित्य बटार्दछन् सहरमा जिब्रो बटार्ने सिसी
|४|

के भन्थ्यौ भन शब्दकोश पहिले काका र काकी गने?
“थोरै भेद थियो परन्तु अहिले पर्यायवाची बने”
काकीका करका कमाल चखना बस्छन् सिलौटा पिसी
काका नित्य बटार्दछन् सहरमा जिब्रो बटार्ने सिसी
|५|

छन्द : शार्दूलविक्रीडित
गण : म – स – ज – स – त – त – गु
सङ्केत : SSS – IIS – ISI – IIS – SSI – SSI – S

वि.सं.२०८३ जेठ ९ शनिवार ०६:४७ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...