back
CTIZAN AD

कविता : मान्छे बनोस् कामना

वि.सं.२०८३ जेठ ९ शनिवार

675 

shares

अलख निरन्जन लोहार
टीकापुर कैलाली,हाल – भारत

आगामा जल प्राण सूक्ष्मकणमा के ताप हुन्थ्यो जली
जल्दैछन् सब पापका जहरमा के को दिदैँछन् बलि ।
जल्थ्यो मानिसका कुरूप गहना हुन्थ्यो धरा सुन्दर
कालो भित्र छ बाहिरी झिलिमिली मातिन्छ मान्छे तर ।१।

पर्दामा रसिलो भयो चमकले बेग्लै छ साँचो कुरा
बोक्दैछन् मनभित्रमा मनुजले हाँस्तै अनेकौं छुरा ।
सारै मौन बसेर हेर्छ दुनियाँ आकाशको जूनले
आधा ढाक्छ र खुल्छ यो सगरमा अग्लिन्छ सत्कर्मले ।२।

बोक्दैछन् रवि तापका किरणमा ऊर्जा थपी जीवन
थाक्दैनन् शिव नेत्रका विषयले कौमार्यको सिर्जन ।
हावा सिर्सिर दौडिने लहरमा भाषा अनेकौं रची
कस्तो मानिस जन्मियो भुवनमा मान्दैन साँचो दसी ।३।

भोग्दै रक्तपिपासु मासु मदिरा गर्छन् कुरा ज्ञानका
चोखो भन्छ र खोज्छ शान्त म बनूँ इच्छा बडो सानका ।
पाली देह गुलाफको हृदयमा फुल्यो भने राम भो
राखी स्वच्छ सफा रही किचडमा संस्कारको नाम हो ।४।

मैला छन् कपडा सफा मन रहोस् जस्तै धुलून् मानव
धोई द्वेष घमण्ड राग कपटी बेकारका साधन ।
जस्तै फुल्न परोस् रही किचडमा निर्वाण होस् चाहना
मान्छे बन्न सकेर बाँच्न सकिए मान्छे बनोस् कामना ।५।

छन्द : शार्दूलविक्रीडित
गण : म – स – ज – स – त – त – गु
सङ्केत : SSS – IIS – ISI – IIS – SSI – SSI – S

वि.सं.२०८३ जेठ ९ शनिवार ०६:४३ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...