back
CTIZAN AD

अमेरिका निवासी ममताको ‘पुर्बै घुमेर’ बोलको म्युजिक भिडियो सार्वजनिक

वि.सं.२०८२ मंसिर २१ आइतवार

2.1K 

shares

अमेरिका । अमेरिका निवासी ममता राईको “पुर्बै घुमेर” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

मेलिना राई र कृष्ण भक्त राईको मुख्य स्वर र कोरसमा विनुसा राई र मनमा वि राईको स्वर रहेको उक्त गीतमा कृष्ण भक्त राईकै संगित रहेको छ ।
मिक्सिङ मास्टरिङ राजन कार्कीले गरेको उक्त गीतलाई राईको आफ्नै युट्युव च्यानल Mamata Rai ENT मा नोभेम्बर २९ मा सार्वजनिक गरिएको हो ।
प्रेमिल शब्दहरु उनेर पुर्वको साल्पा सिलिचुङ् यात्राका क्रममा दुई प्रेमिल जोडीको भेंटपछि आकर्षित भएको सुन्दर प्रेम दर्साउने पुर्वेली भाकामा तयार पारिएको यो गीतको शब्द रचना राईको आफ्नै हो । राईका अन्य दर्जनौ गीतहरु चर्चामा आईसकेका छन् ।

यस गीतका गायिका मेलिना राई ‘द भोइस अफ नेपाल’ को कोच पनि हुन् उनले यो भन्दा नौ वर्ष पहिले पनि ‘सम्झी सम्झी’ बोलको गीतमा स्वर दिएकी थिइन् । साथै अर्का गायक कृष्ण भक्त राई पुर्वेली गीतहरुको एक हस्ती हुन् । उनले पनि पाँच वर्ष पहिले नै ममता राईको शब्दमा बनेको गीत‘तारे भिर’ मा संगित तथा आवज दिएका थिए । उक्त गीतहरु दर्शक स्रोताहरुले ज्यादै मन पराएका छन् ।
बहु प्रतिभाशाली मोडेल तथा प्र्याङ स्टार एलिस राई र ममता खालिङ राईले अभिनय गरेको यो गीतको म्युजिक भिडीयोको निर्देशन तथा कोरियोग्राफी पनि एलिस राईले नै गरेका थिए ।
त्यसैगरी सहायक कोरियोग्राफि निर्देशन सरोज मुक्तान र उत्सना राईले गरेका छन् । यस गीतका लागि आर्थिक स्रोतको प्रायोजन अमेरीका निवासी रोशन राई र गीतकार ममता राइले नै गरेका हुन् ।

वि.सं.२०८२ मंसिर २१ आइतवार १८:३८ मा प्रकाशित

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...