back
CTIZAN AD

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

वि.सं.२०८३ साउन १९ मंगलवार

87 

shares

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ। साउन १८ गते राति भएको आक्रमणमा बाघले ९ वटा बाख्रा खोरमै मारेर छाडेको भने एउटा बाख्रा बोकेर लगेको हो ।

घटना गल्याङ नगरपालिका–५ रुपखानी नेवारडाँडा निवासी श्याम रानाको बाख्राको खोरमा सोमबार राति भएको हो। बाघले खोरभित्र रहेका साना–ठूला बाख्रा तथा बोकामाथि आक्रमण गरी क्षतविक्षत बनाएको स्थानीयले बताएका छन्। प्रारम्भिक विवरण अनुसार घटनाबाट करिब १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

घटनापछि इलाका प्रहरी कार्यालय जैपते, स्याङ्जाबाट प्रहरी टोली घटनास्थल पुगेको छ। प्रहरीको रोहबरमा स्थानीय मुचुल्का तयार पारिएको र घटनाबारे थप अनुसन्धान भइरहेको स्रोतले जनाएको छ।

एकै रातमा यति ठूलो क्षति भएपछि स्थानीय किसान चिन्तित बनेका छन्। यसअघि बाँदरको आतंकबाट खेतीपाती जोगाउन संघर्ष गरिरहेका किसान अहिले बाघको आक्रमणका कारण थप त्रासमा परेका छन्। स्थानीयले वन्यजन्तुको बढ्दो गतिविधि नियन्त्रण गर्न तथा प्रभावित किसानलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरेका छन्।

वि.सं.२०८३ साउन १९ मंगलवार १६:०९ मा प्रकाशित

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको...

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

काठमाडौं । स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा...

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

काठमाडौं । भृकुटीमण्डपमा जारी १८औँ संस्करणको नाडा अटो शो २०२६...