back
CTIZAN AD

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

वि.सं.२०८३ साउन १९ मंगलवार

12 

shares

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ। बजार मापन गर्ने नेप्से परिसूचक २१.१५ अंकले घटेर २,६६३.१८ बिन्दुमा झरेको हो।

आज ठूला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.६६ अंकले घटेर ४६७.९६ बिन्दुमा पुगेको छ। फ्लोट सूचक १.४० अंकले घटेर १८३.३३ र सेन्सेटिभ फ्लोट सूचक १.०८ अंकले घटेर १५८.५७ बिन्दुमा कायम भएको छ।

सोमबार बजारमा १ करोड ७ लाख ६१ हजार ३९६ कित्ता सेयर ४ अर्ब ७ करोड ८ लाख ५३ हजार ६१० रुपैयाँ बराबरमा कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।

नेप्से दोस्रो पनि आज घटेको छ । साउन १८ नेप्से ४.६४ अंकले घटेको थियो भने साउन १९ गते नेप्से थप २१.१५ अंकले घटेर २,६६३.१८ बिन्दुमा पुगेको छ।

आज कारोबार भएका १३ वटै उपसमूह ओरालो लागेका छन्, जसले बजारमा व्यापक बिक्री दबाब देखिएको संकेत गरेको छ। कारोबार भएका कम्पनीमध्ये ५९ कम्पनीको सेयर मूल्य बढ्दा २१३ कम्पनीको मूल्य घटेको छ भने ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

आज एभरेष्ट कलर लिमिटेड, खानीखोला हाइड्रोपावर कम्पनी र जोशी हाइड्रोपावर कम्पनी का लगानीकर्ताले सर्वाधिक कमाएका छन्। विपरीततर्फ सप्तकोशी डेभलपमेन्ट बैंक, केबीएल डिबेञ्चर र गुडविल फाइनान्स लिमिटेड डिबेञ्चरमा लगानी गर्नेहरू सर्वाधिक घाटामा परेका छन्।

वि.सं.२०८३ साउन १९ मंगलवार १६:२८ मा प्रकाशित

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...