back
CTIZAN AD

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

वि.सं.२०८३ साउन २४ आइतवार

99 

shares

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार अग्रवालको नाममा रहेको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले उक्त शेयरको बिक्री मूल्य प्रतिकित्ता न्यूनतम १२५ रुपैयाँ निर्धारण गरेको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसार संस्थापक शेयर खरिदका लागि पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीहरूलाई नै दिनुपर्ने व्यवस्था रहेको छ। सोही बमोजिम हाललाई सानिमा बैंकका कायम मुकायम संस्थापक शेयरधनीहरूले मात्र यो शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापकहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातहरूसहित नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ। तोकिएको ३५ दिनको म्यादभित्र संस्थापक शेयरधनीहरूबाट आवेदन नपरेमा वा पूर्ण शेयर बिक्री नभएमा उक्त बाँकी शेयर सर्वसाधारण वा अन्य व्यक्ति तथा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

वि.सं.२०८३ साउन २४ आइतवार १५:५६ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...