back
CTIZAN AD

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

वि.सं.२०८३ साउन १९ मंगलवार

102 

shares

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ । आज नेप्से सूचक २१.१५ अंक (०.७८ प्रतिशत) ले घटेर २,६६३.१८ विन्दुमा झरेको हो ।

यस दिन बजारमा कूल ३४३ वटा कम्पनीका १ करोड ७ लाख ६१ हजार ३९६ कित्ता शेयर कारोबार हुँदा ४ अर्ब ७ करोड ८ लाख ५३ हजार ६ सइ १० रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबारमा आएका कम्पनीमध्ये ५९ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने २१३ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ५ वटा कम्पनीको शेयरमूल्य भने स्थिर रहेको छ ।

मंगलबार कारोबार भएका सबै उपसूचकहरू ओरोले लागको छ । उत्पादन तथा प्रशोधन उपसूचक सबैभन्दा बढी १.३१ प्रतिशतले घटेको छ । त्यस्तै व्यापार १.१९ प्रतिशत, अन्य १.०४ प्रतिशत, जीवन बीमा ०.८२ प्रतिशत , बैंकिङ उपसूचक ०.८० प्रतिशत, लगानी ०.७२ प्रतिशत, लघुवित्त ०.७२ प्रतिशत, होटल तथा पर्यटन ०.६१ प्रतिशत, जलविद्युत् ०.५५ प्रतिशत, निर्जीवन बीमा ०.५४ प्रतिशत, विकास बैंक ०.५० प्रतिशत, म्युचुअल फण्ड ०.४४ प्रतिशत र वित्त ०.१४प्रतिशत ले ओरालो लागेका छन् ।

घट्दो बजारमा पनि ऐभरेष्ट कलर कम्पनीको शेयरमूल्य १५ प्रतिशतले बढेर १,७३१.४० रुपैयाँ पुगेको छ । त्यस्तै खानिखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्य १०.०७ प्रतिशत र जोशी हाइड्रोपावर को ५.२६ प्रतिशतले बढेको छ ।

दोस्रो बजारमा गुमाउनेतर्फ भने सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताहरू अगाडि रहेका छन् । कम्पनीको शेयरमूल्य १३.४३ प्रतिशतले घटेर ८३१.१० रुपैयाँमा झरेको छ । यसैगरी कुमारी बैंक डिबेन्चर ६.८३ प्रतिशत र गुडविल फाइनान्स डिबेन्चर  ५.४६ प्रतिशतले घटेका छन् ।

कारोबार रकमका आधारमा आज खानिखोला हाइड्रोपावर अग्रस्थानमा रहेको छ । कम्पनीको ४० करोड ६६ लाख ९३ हजार ६४३ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

वि.सं.२०८३ साउन १९ मंगलवार १५:५७ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...