back
CTIZAN AD

“मास्टर्नी” गीतप्रति शिक्षकहरूको कडा आपत्तिः “सिर्जनाले मनोरञ्जन मात्र होइन, पेसाको गरिमा पनि जोगाउनुपर्छ”

वि.सं.२०८३ साउन १ शुक्रवार

561 

shares

काठमाडौँ । हालै बजारमा आएको ’मास्टर्नी’ नामक गीतका शब्द र प्रस्तुतिप्रति शिक्षण पेसामा आबद्ध शिक्षकहरूले कडा आपत्ति जनाएका छन् ।

सो गीतले शिक्षक पेसाको गरिमा र ’गुरु’ शब्दको संवेदनशीलतालाई अवमूल्यन गरेको भन्दै विरोध जनाउनु भएको छ ।

शिक्षकहरूले यो गीतले शिक्षण पेसालाई नकारात्मक रूपमा प्रस्तुत गरेको र महिलाको समेत अवमूल्यन गरेको भन्दै यस्ता सामग्रीको पूर्ण रूपर्र्मा सबै शिक्षकहरुले विरोध र बहिष्कार गर्ने चेतावनी दिएका छन् ।

“गुरु केवल पेसा होइन, समाज निर्माण गर्ने जिम्मेवार नागरिक हो ”
सामाजिक सञ्जालमा आफ्नो असन्तुष्टि व्यक्त गर्दै एक शिक्षकले लेखेकी छिन, “गुरु केवल एउटा पेसा मात्रै होइन, समाज निर्माण गर्ने जिम्मेवार नागरिक हो । शिक्षकको रूपमा हामी शिक्षा ऐन, नियम, विद्यालयको अनुशासन र व्यावसायिक आचारसंहिताभित्र रहेर विद्यार्थीलाई ज्ञान, सीप, नैतिकता र जीवनमूल्य सिकाउने प्रयास गरिरहेका हुन्छौँ ।”

उहाँले थप उल्लेख गर्नुभएको छ कि गुरुको अर्थ विद्यार्थीलाई अज्ञानको अँध्यारोबाट ज्ञानको उज्यालोतर्फ डो¥याउनु हो, तर ’मास्टर्नी’ गीतको शब्द र प्रस्तुतिले शिक्षक पेसाको गरिमा र गुरु शब्दको महत्वलाई अपेक्षित सम्मान दिएको अनुभूति भएको छैन ।

कला र सिर्जनाले अभिव्यक्तिको स्वतन्त्रता राख्ने भए पनि त्यही स्वतन्त्रतासँगै समाजका सम्मानित पेसा र तिनको योगदानप्रति संवेदनशील हुनुपर्ने जिम्मेवारी पनि जोडिने धारणा शिक्षकहरूको छ ।

“समाजमा लाखौँ शिक्षकहरू आफ्नो सुविधा होइन, विद्यार्थीको भविष्यका लागि समर्पित भएर काम गरिरहेका हुन्छन्,“ स्टाटसमा भनिएको छ, “सिर्जनाले मनोरञ्जन मात्र होइन, समाजमा सकारात्मक सोच, सम्मान र जिम्मेवारीको भावना पनि फैलाओस्। गुरुको गरिमा जोगाउनु भनेको भविष्यको पुस्ताप्रतिको सम्मान जोगाउनु हो”।

 

 

वि.सं.२०८३ साउन १ शुक्रवार ११:४७ मा प्रकाशित

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

काठमाडौं । प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि विदेशमा रहेका नेपाली...

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

काठमाडौं । नेपाल बैंक लिमिटेडले रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा...

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

काठमाडौं । एनआईसी एशिया बैंकले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

MAXUS Nepal द्वारा विपद् राहत तथा पुनर्स्थापनाका लागि ७० लाख सहयोग घोषणा

MAXUS Nepal द्वारा विपद् राहत तथा पुनर्स्थापनाका लागि ७० लाख सहयोग घोषणा

काठमाडौं |  हिमालय अर्गनाइजेसन अन्तर्गत MAXUS Nepal ले SAIC MAXUS...

सानिमा बैंकले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव

सानिमा बैंकले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव

काठमाडौं । सानिमा बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना...

आइएमई लाइफ इन्स्योरेन्सको दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोगको प्रतिबद्धता

आइएमई लाइफ इन्स्योरेन्सको दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोगको प्रतिबद्धता

काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी...