back
CTIZAN AD

एनआरएनए आइसीसीद्वारा ५१ सदस्यीय सल्लाहकार समिति गठन

वि.सं.२०८३ साउन १ शुक्रवार

588 

shares

काठमाडौँ । गैरआवासीय नेपाली संघको ११५ औँ अन्तर्राष्ट्रिय समन्वय परिषदको बैठकले लब्ध प्रतिष्ठित प्राध्यापक तथा विज्ञहरु सहित ५१ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ।

अमेरिका र क्यानडा (अमेरिका क्षेत्र) बाट सल्लाहकारमा चिरञ्जीवी घिमिरे, डा. द्रोण रसाली, डा. लक्ष्मी पाठक र डा. मनिका प्रधान चयन हुनुका साथै इभान शर्मा र लक्ष्मण अधिकारी आईसीसी सदस्य बनेका छन्।

संघको सल्लाहकार समितिमा बेलायतबाट प्रतिष्ठित अक्सफोर्ड विश्वविद्यालयका प्रख्यात मानवशास्त्री प्रोफेसर डेभिड गेल्नर, प्राध्यापन र जनस्वास्थ्य क्षेत्रका विज्ञ प्रा. पदम सिम्खडा तथा बीबीसीका पूर्व पत्रकार भगीरथ योगी समेटिएका छन् । यसैगरी पूर्व पदाधिकारी तथा अगुवाका रूपमा एनआरएनए बेलायतकी पूर्व अध्यक्ष पुनम गुरुङ र अभियन्ता लक्ष्य गुरुङलाई सल्लाहकार मनोनीत गरिएको छ । आईसीसी सदस्यका रूपमा महिला तथा दोस्रो पुस्ता कोटाबाट कल्पना त्रिपाठी, गौरव राज केसी र जागृत पौडेल चयन भएका छन् भने चिकित्सा क्षेत्रबाट विज्ञ सदस्यका रूपमा डा. सुनील साह तथा सदस्यहरूमा राजन खकुरेल र राम चन्द्र गुरुङलाई सर्वसम्मत अनुमोदन गरिएको छ।

अष्ट्रेलिया र न्यूजील्याण्ड (ओशनिया क्षेत्र) बाट सल्लाहकार समितिमा भवानी ओली, विनोद श्रेष्ठ, इन्द्रा वन, होम पाण्डे, सुरेन्द्र सिग्देल, डा. जगदिश तिम्सिना, डा. पुरु श्रेष्ठ र डा. राजु अधिकारी समेटिएका छन् भने आईसीसी सदस्यहरूमा दिवा जोशी, करुणा रावत, प्रा. कृष्ण श्रेष्ठ, इञ्जिनियर राजु उपाध्याय, दीपक भुसाल, केशव जोशी र मिक्की सुवेदी चयन भएका छन्। युरोपबाट हरिहर अर्याल र डा. गिरीश कँडेल सल्लाहकार बनेका छन्।

एसिया प्रशान्त क्षेत्रका विभिन्न मुलुकहरूबाट पनि प्रभावशाली व्यक्तित्वहरू समेटिएका छन्। रोशन केसी, डा. सरोज कँडेल , सुदन थापा, डा. कमल लामिछाने र डा. राम गिरी सल्लाहकार मनोनीत भएका छन्। थाइल्याण्डबाट प्रा. भारती लिम्बुनी सल्लाहकार र कुमार कार्की आईसीसी सदस्य बनेका छन्। हङकङबाट कृष्ण पाण्डे र अरुणा गुरुङ सल्लाहकार मनोनीत भएका छन्। म्यानमारबाट देवेन्द्र नौलखा र सिंगापुरबाट अर्थविद डा. अंगराज तिमिल्सिना सल्लाहकार बनेका छन्।

मध्यपूर्व, अफ्रिका र अन्य देशहरूबाट पनि प्रतिनिधित्व सुनिश्चित गरिएको छ। साउदी अरबबाट यास्मिन बेगम, रूसबाट एक नारायण चापागाईं र उत्सव अमात्य, सेशेल्सबाट आर.पी. पन्त र नेपालबाट वरिष्ठ उद्योगपति राजेन्द्र खेतान र डा. दिनेश पौडेललाई सल्लाहकारमा मनोनयन गरिएको छ।

आइसिसीले सल्लाहकार तथा मानार्थ सदस्य मनोनयनका लागि यसअघि सल्लाहकार वा मानार्थ सदस्य भइसकेकाहरूलाई सम्मान गर्दै नयाँ व्यक्तिहरूलाई अवसर प्रदान गर्ने निर्णय गरेको थियो । त्यस्तै आआफ्नो क्षेत्रमा योगदान पुराएका विज्ञहरुलाई प्राथमिकता दिने पनि उल्लेख थियो।

यस बृहत् र समावेशी मनोनयनले गैरआवासीय नेपाली संघलाई आगामी कार्यकालमा अझ बढी गतिशील, मर्यादित र विश्वभरका नेपालीहरूको हितमा काम गर्ने बलियो संस्थाका रूपमा अगाडि बढाउने विश्वास ११५ औँ बैठकले व्यक्त गरेको छ।

वि.सं.२०८३ साउन १ शुक्रवार १०:५३ मा प्रकाशित

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...