back
CTIZAN AD

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

वि.सं.२०८३ असार २८ आइतवार

558 

shares

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया भएको जानकारी दिएका छन्।

गिरीले सामाजिक सञ्जाल फेसबुकमार्फत यस साता आफ्नो टोलीका लागि निकै चुनौतीपूर्ण र कठिन समय रहेको उल्लेख गर्दै सुटिङकै क्रममा दिपाश्रीलाई ब्रेन ट्युमर भएको पत्ता लागेको बताएका हुन्।

उनका अनुसार रोग पहिचान भएपछि तत्काल शल्यक्रिया गर्नुपर्ने अवस्था सिर्जना भएको थियो। उपचारका लागि भारत जान विभिन्न पक्षबाट सुझाव आए पनि अन्ततः नेपालमै वरिष्ठ न्युरोसर्जन डा. बसन्त पन्तको नेतृत्वमा शल्यक्रिया गर्ने निर्णय गरिएको उनले बताएका छन्।

गिरीका अनुसार भगवानको कृपाले शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ। हाल दिपाश्री आईसीयूबाट जनरल वार्डमा सारिएको र स्वास्थ्यलाभ गरिरहेकी छन्।

उनले उपचारमा संलग्न सम्पूर्ण स्वास्थ्यकर्मीप्रति आभार व्यक्त गर्दै दिपाश्रीको शीघ्र स्वास्थ्यलाभको कामना गर्ने सबै दर्शक, शुभचिन्तक तथा शुभेच्छुकप्रति धन्यवाद व्यक्त गरेका छन्।

दीपकराजले आफ्नो फेसबुक पोस्टको अन्त्यमा “जय पशुपतिनाथ” लेख्दै सबैको प्रार्थना र साथप्रति कृतज्ञता व्यक्त गरेका छन्।

गिरीले स्टाटस राख्नुपूर्व याे जानकारी गाेप्य थियाे ।

वि.सं.२०८३ असार २८ आइतवार १६:०८ मा प्रकाशित

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

काठमाडौँ । महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउँदै...

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

काठमाडौँ । पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...