back
CTIZAN AD

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया, गिरीले लेखे यस्तो भावुक स्टाटस

वि.सं.२०८३ असार २८ आइतवार

237 

shares

काठमाडौँ । चर्चित हास्य कलाकार, अभिनेत्री तथा सफल चलचित्र निर्देशक दीपाश्री निरौलाको मस्तिष्कको ट्युमरको सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको छ ।

निर्देशक तथा कलाकार दिपक राज गिरीले चलचित्र निर्देशक निरौलाको मस्तिष्कको ट्युमरको शल्यक्रिया सफल भएको भन्दै फेसबुकमा भावुक स्टाटस लेखेका हुन् ।

निर्देशक गिरीका अनुसार, हालै एक चलचित्रको छायाङ्कन (सुटिङ) भइरहेका बेला दीपाश्रीको स्वास्थ्यमा अचानक समस्या देखिएको थियो । त्यसलगत्तै गरिएको स्वास्थ्य परीक्षणका क्रममा उनको दिमागमा ट्युमर रहेको पत्ता लागेको हो । यो खबरले सुरुमा निर्माण टोली र परिवारलाई निकै अन्योल र स्तब्ध बनाएको थियो भने चिकित्सकहरूले ढिला नगरी तुरुन्तै शल्यक्रिया गर्नुपर्ने सुझाव दिएका थिए ।

रोग पत्ता लागेपछि उनलाई थप उपचारका लागि भारत लैजाने विषयमा धेरै तर्फबाट सल्लाह र सुझावहरू आएका थिए। तर, नेपालकै स्वास्थ्य क्षेत्र र यहाँका डाक्टरमाथि भरोसा राख्दै अन्ततः नेपालमै शल्यक्रिया गराउने निर्णय गरिएको थियो । माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा नेपालका वरिष्ठ तथा अनुभवी न्यूरो सर्जन डा. बसन्त पन्तको नेतृत्वमा रहेको चिकित्सक टोलीले उनको सफल शल्यक्रिया गरेको हो ।

हाल निरौलालाई सघन उपचार कक्षबाट जनरल वार्डमा सारिएको छ र उनको स्वास्थ्य अवस्थामा क्रमिक रूपमा राम्रो सुधार भइरहेको छ ।

गिरीले लेखे यस्तो भावुक स्टाटस ” यो साता हाम्रो लागि निक्कै चुनौतीपूर्ण र कठिन समय रह्यो !

सुटिगंको बिचमा दीपाजी लाइ ब्रेन ट्यूमर भएको पत्ता लाग्यो त्यसपछि हामि अन्यौलमा पर्यौ , तुरून्त शल्यक्रिया गर्नु पर्ने भयो ! धेरै ठॅाउबाट भारत जाने सल्लाह पाइयो ,
तर अन्त्यमा नेपालकै अनुभबी डाक्टर बसन्त पन्त द्दारा शल्यक्रिया गर्ने निर्णय भयो !
भगवानको आशीर्बादले शल्यक्रिया सफलतापूर्बक सम्पन्न भयो ,हाल उहॅा अआइसियू बाट जनरल वार्डमा आएर स्वास्थ्यलाभ गर्दै हुनुहुन्छ , आशीर्बाद दिने दर्शक तथा शुभचिन्तकहरू , उपचारमा संगलग्न सम्पूर्ण स्वास्थ्यकर्मी हरूलाइ धन्याबाद !
जय पशुपतिनाथ!! “

 

 

वि.सं.२०८३ असार २८ आइतवार १६:१७ मा प्रकाशित

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

काठमाडौं । भोलिदेखि काठमाडौको भृकुटीमण्डपमा सुरु हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स...

बडीमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

बडीमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

काठमाडौं । सुदूरपश्चिम प्रदेशको प्रमुख आस्थाको केन्द्र तथा बाजुरा जिल्लामा...

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

काठमाडौँ । महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउँदै...