back

प्रधानमन्त्रीको अवस्था स्थिर, स्वास्थ्य लाभको कामना गर्न आग्रह

वि.सं.२०७६ मंसिर १० मंगलवार

774 

shares

१० मंसिर, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ । साझॅ ७ः३० मा अस्पतालद्वारा जारी स्वास्थ्य बुलेटिनका अनुसार उनको अवस्था स्थिर रहेको जनाइएको हो ।

प्रधानमन्त्री ओलीको शल्यक्रियापश्चात हाल सघन कक्षमा उपचार भइरहेको तथा उनको स्वास्थ्य अवस्था स्थिर रहेको त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार प्रधानमन्त्री ओलीको उपचार चिकित्सको प्रत्यक्ष निगरानीमा सघन उपचार कक्षमा भैरहेको छ । प्रधानमन्त्रीलाई राखिएको भेन्टिलेटर सम्भवत आजै निकालिने जानकारी दिँदै उनले केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने चिकित्सकको सुझाव रहेको बताएका छन् ।

अन्य संक्रमण नहोस् भन्नाका लागि डाक्टरहरु जुटेको भन्दै सल्लाहाकार थापाले चिन्तित नहुन तथा प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अचानक समस्या आएपछि आज दिउँसो एपेन्डिसाइटिसको सफल शल्यक्रिया भएको थियो ।

वि.सं.२०७६ मंसिर १० मंगलवार २१:०९ मा प्रकाशित

Himalayan Life AD
नेपालको वित्तीय समावेशीकरणमा छलाङस् सूचकांक ०.५३ पुग्यो

नेपालको वित्तीय समावेशीकरणमा छलाङस् सूचकांक ०.५३ पुग्यो

समाचार सारांश - आर्थिक वर्ष २०८१/८२ मा नेपालको वित्तीय समावेशीकरण...

पाकिस्तानमा तिव्र आक्रमण , करिव दुई सय जनाको मृत्यु

पाकिस्तानमा तिव्र आक्रमण , करिव दुई सय जनाको मृत्यु

ढाका । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना र भतिजीलाई भ्रष्टाचारमा जेल सजाय...

पाकिस्तानमा तिव्र आक्रमण, करिव दुई सय जनाको मृत्यु

पाकिस्तानमा तिव्र आक्रमण, करिव दुई सय जनाको मृत्यु

पाकिस्तान । पाकिस्तानको सुरक्षा बलले दक्षिण – पश्चिमी प्रान्त बलुचिस्तानमा...

सरकार कुनै दलको प्रभावमा छैनः प्रधानमन्त्री कार्की (पूर्णपाठ)

सरकार कुनै दलको प्रभावमा छैनः प्रधानमन्त्री कार्की (पूर्णपाठ)

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले केही मन्त्रीले पदबाट राजीनामा दिएर...

प्रतिनिधिसभा सदस्य निर्वाचनः आयोगले सोध्यो २९ स्पष्टीकरण

प्रतिनिधिसभा सदस्य निर्वाचनः आयोगले सोध्यो २९ स्पष्टीकरण

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने थप नौ...

जुम्लामा बढ्यो चुनावी सरगर्मी

जुम्लामा बढ्यो चुनावी सरगर्मी

जुम्ला । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको...