back
CTIZAN AD

जुम्लामा बढ्यो चुनावी सरगर्मी

वि.सं.२०८२ माघ १९ सोमवार

612 

shares

जुम्ला । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै हिमाली जिल्ला जुम्लामा त्यतिबेला चुनावी सरगर्मी ह्वात्तै बढेको छ । हिउँदेयाममा परेको हिउँसँगै बढेको जाडोको कुनै प्रवाह नगरी उम्मेदवारहरू आफ्नो ‘एजेन्डा’सहित मतदाताको घरदैलोमा पुग्न थालेका छन् । गाउँबस्तीदेखि सदरमुकाम खलङ्गा बजारका सार्वजनिक स्थल र चिया पसलमा चुनावी बहस गर्माएको छ ।

एकमात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा एक जना स्वतन्त्र र नौ विभिन्न राजनीतिक दलका उम्मेदवार छन् । नेकपा (एमाले) बाट शान्तिलाल महत, नेपाली कांग्रेसबाट दीपबहादुर शाही र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट नरेश भण्डारी उम्मेदवार छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट विनिता कठायत र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट ज्ञानबहादुर शाही, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट बिर्खबहादुर रावत, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट मनऋषि धिताल, नेपाल जनता पार्टीबाट रनिलविक्रम शाही, नेकपा (माओवादी) बाट बिर्खबहादुर शाही र भक्तबहादुर रावलले स्वतन्त्र उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कुल ७१ हजार ७३९ जना मतदाता रहेको जिल्लामा महिला ३४ हजार २८० जना र पुरुषतर्फ ३७ हजार ४५९ जना रहेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी दीपेन्द्र कँडेलले जानकारी दिनुभयो ।

एक नगरपालिकासहित सात गाउँपालिका रहेको जिल्लामा ८५ मतदानस्थल र ११० मतदान केन्द्र कायम गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।

नेकपा एमालेले निर्वाचनसम्बन्धी गतिविधि तीव्र पारेको छ । वडास्तरदेखि टोलस्तरसम्म छलफल, भेला र बैठकहरू भइरहेका छन् । पार्टीले निर्वाचन परिचालन कमिटी गठन गरी प्रचारप्रसारलाई तीव्र बनाएको नेकपा एमालेले जनाएको छ ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले पनि निर्वाचन लक्षित गतिविधि बढाउँदै लगेको छ । मतदाता भेटघाट, पार्टीको आन्तरिक भेला, जनवर्गीय सङ्गठनका बैठक तथा प्रशिक्षण कार्यक्रमलगायतका गतिविधि गरेको छ । निर्वाचनका लागि एक हजार ९९९ जना निर्वाचन परिचालन समिति गठन गरिएको निर्वाचन परिचालन समितिका संयोजक तथा नेकपाका केन्द्रीय सदस्य गोमा गौतमले बताउनुभयो ।
फागुन ४ गतेपछि मात्रै खुला प्रचार प्रसार गर्न पाइने भएकाले नेपाली कांग्रेसले भने पार्टीले आन्तरिक तयारीमा जोड दिएको छ । सङ्गठन सुदृढीकरण र कार्यकर्ता परिचालन नै अहिलेको मुख्य एजेन्डा रहेको कांग्रेस जुम्लाका नेताहरूको भनाइ छ ।

सङ्गठनात्मक प्रभाव, व्यक्तित्व र माहोल बन्न सक्छ निर्णायक

सामान्यतया जुम्लाका मतदाताहरूले स्वविवेकका आधारमा प्रत्येक निर्वाचनमा मत परिवर्तन गरिरहेको पनि पाइन्छ । यहाँका कतिपय निर्वाचन क्षेत्रमा चुनावैपिच्छे फरक दल र उम्मेदवारलाई निर्वाचित गराउने गरेका छन् । २०७९ को आधारमा तुलना गर्दा यसपटकको निर्वाचनमा जुम्लाको चुनावी परिणाममा परिवर्तन आउन सक्ने अनुमान गरिएको छ ।

पहिले के थियो
जुम्लामा २०६४ को संविधान सभाको निर्वाचनमा नेकपा माओवादीबाट नरेश भण्डारी विजयी भएक ाथिए । विसं २०७० मा भएको दोस्रो संविधान सभाको निर्वाचनमा नेपाली कांग्रेसका ललितजङ्ग शाही विजयी भए ।

विसं) २०७४ मा भएको निर्वाचनमा माओवादी र नेकपा एमालेलगायत अरु पाटीसँग गठबन्धन हुँदा माओवादीबाट पुनः गजेन्द्र महत उम्मेदावर बने कांग्रेसका दीपेन्द्र शाहीलाई पराजित गरेर महत निर्वाचित भए ।

विसं २०७९ को निर्वाचनमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)सहितका दलको गठबन्धन भएको थियो । गठबन्धनबाट उम्मेदावर बनेकी माओवादीका गोमा गौतमलाई पराजित गरी राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाही निर्वाचित भएका थियो ।

राप्रपाका शाहीले २२ हजार ८१९ मत ल्याएका थियो भने गठबन्धनका साझा उम्मेदवार गौतमले ११ हजार ९५९ मत आएको थियो । एमालेका उम्मेदवार रतननाथ योगीले ६ हजार ५२८ मत प्राप्त गरेको थियो ।

बदलिँदो राजनीतिक वातावरण
विसं २०७९ पछि देशले सरकार परिवर्तन, गठबन्धन फेरबदल, नीति विवाद र जनआक्रोशका थुप्रै चरण भोगिसकेको छ । पछिल्ला सरकारप्रतिको बढ्दो असन्तुष्टि र युवा मतदाताको राजनीतिक चेतनाले २०८२ को माहोल परिवर्तन हुने देखिन्छ । साथै नयाँ मतदाताको प्रवेश र सामाजिक सञ्जालमार्फत धारणा निर्माणले पनि निर्वाचन २०८२ लाई अछुतो नछोड्ने निश्चित छ । यी सबै कारणले २०८२ को निर्वाचन २०७९ भन्दा फरक बन्ने सम्भावना बढाएको छ ।

सरकार सञ्चालनप्रति उठेका प्रश्न, युवा मतदाताको बदलिँदो प्राथमिकता र पुराना पार्टीलाई धक्का पुग्ने अनुमान गरिएको छ ।

बढ्यो राजनीतिक गतिविधि
घोषित निर्वाचनको मिति नजिकिँदै गर्दा जुम्लामा राजनीतिक गतिविधि बढेको छ । दलहरु चुनाव लक्षित अभियान र कार्यक्रममा केन्द्रित बनेका छन् । जेनजी आन्दोलनपछि केही समय सुस्ताएको दलीय गतिविधि पुनःपुरानै लयमा फर्किएको छ ।

वि.सं.२०८२ माघ १९ सोमवार १५:५३ मा प्रकाशित

जनज्योति माविमा  “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

जनज्योति माविमा “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

काठमाडौँ । नवलपरासीको देवचुली नगरपालिका–१५ प्रगतिनगरस्थि श्री जनज्योति माध्यमिक विद्यालयमा...

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट तीनवटा विधेयकमाथि विचार गरियोस् भन्ने...

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आठ पूर्वअर्थमन्त्रीसँग भेट गरी...

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

काठमाडौँ । ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण...

नेप्से परिसूचक १२ अङ्क घट्यो

नेप्से परिसूचक १२ अङ्क घट्यो

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज नेप्से १२ दशमलव ३६...