back
CTIZAN AD

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

वि.सं.२०८३ असार १५ सोमवार

294 

shares

देवचुली । “जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि” भन्ने राष्ट्रिय नारासहित देवचुली नगरपालिकाको समन्वय तथा पृथ्वी माध्यमिक विद्यालय, वडा नं. १० को आयोजनामा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव भव्य रूपमा सम्पन्न भएको छ।

पृथ्वी माध्यमिक विद्यालयको कृषि फिल्डमा आयोजित कार्यक्रममा शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख रामप्रसाद शर्मा प्रमुख अतिथि रहेका थिए भने वडा नं. १० का वडा अध्यक्ष रेप्तीकुमार घर्तीले कार्यक्रमको अध्यक्षता गरेका थिए ।

कार्यक्रममा वडा नं. ११ का अध्यक्ष तिलप्रसाद काफ्ले, वडा नं. १२ का अध्यक्ष लोकप्रसाद भुर्तेल, वडा नं. १५ का अध्यक्ष सुरेश रानाभाट, वडा नं. ७ का अध्यक्ष भूमिसरा आले, पृथ्वी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर घर्ती, जनज्योति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रितम भुजेल, शिक्षा शाखाका नन्दलाल ढकाल, नवलपुर मत्स्य व्यवसायी इन्द्रमणि भुसाल, पृथ्वी माध्यमिक विद्यालयका प्रधानाध्यापक रणबहादुर आले, नगर प्रमुखका स्वकीय सचिव सागर न्यौपाने, शिक्षक, विद्यार्थी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

महोत्सवमा परम्परागत धान रोपाइँसँगै महिला तथा पुरुष हिले दौड, हिलोमा माछा समात्ने, डोरी तान्ने तथा विश्वकप फुटबल फ्यान क्लबद्वारा आयोजित हिले फुटबल प्रतियोगिता सञ्चालन गरिएको थियो। विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने सहभागीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा अन्य वक्ताहरूले असार १५ को सांस्कृतिक, कृषि तथा सामाजिक महत्वबारे चर्चा गर्दै जलवायु अनुकूल आधुनिक कृषि प्रविधिको प्रयोगमार्फत धान उत्पादन वृद्धि गरी देशलाई धानमा आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिएका थिए।

कृषि कार्यालयका गगन भट्टराईले कार्यक्रमको सहजीकरणगरेका थिए। रोपाइँ महोत्सवले कृषिप्रति नयाँ पुस्ताको आकर्षण बढाउनुका साथै स्थानीय कृषि संस्कृति संरक्षण, प्रवर्द्धन र जलवायुमैत्री खेती प्रणालीको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको सहभागीहरूले बताएका छन्।

वि.सं.२०८३ असार १५ सोमवार १६:५१ मा प्रकाशित

देवानगञ्ज घटनामा प्रधानमन्त्रीको भूमिकाप्रति गगन थापाको असन्तुष्टि

देवानगञ्ज घटनामा प्रधानमन्त्रीको भूमिकाप्रति गगन थापाको असन्तुष्टि

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरीको देवानगञ्ज गाउँपालिका–३...

देवानगञ्ज गोलीकाण्ड छानबिन समिति पुग्यो घटनास्थलमा, वार्तामार्फत समाधान खोज्द दलहरुको अपिल

देवानगञ्ज गोलीकाण्ड छानबिन समिति पुग्यो घटनास्थलमा, वार्तामार्फत समाधान खोज्द दलहरुको अपिल

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति भएको गोलीकाण्डको...

कपिलवस्तुमा ट्रकको ठक्करबाट बालकसहित तीन जनाको मृत्यु

कपिलवस्तुमा ट्रकको ठक्करबाट बालकसहित तीन जनाको मृत्यु

कपिलवस्तु, । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ गैडहवास्थित बहादुरगञ्ज–तौलिहवा हुलाकी सडकखण्डमा ट्रकको...

संवाद र सहमतिबाट परिस्थितिलाई सहज बनाऔँ : संयोजक दाहाल

संवाद र सहमतिबाट परिस्थितिलाई सहज बनाऔँ : संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवाद,...

नेपालमा बाघको सङ्ख्या ४२९

नेपालमा बाघको सङ्ख्या ४२९

काठमाडौँ । पछिल्लो गणनाअनुसार नेपालमा बाघको सङ्ख्या ४२९ पुगेको छ...

सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक

सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक

काठमाडौँ । सरकारले सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीलाई प्रभावकारी, पारदर्शी, उत्तरदायी...