back
CTIZAN AD

देवानगञ्ज गोलीकाण्ड छानबिन समिति पुग्यो घटनास्थलमा, वार्तामार्फत समाधान खोज्द दलहरुको अपिल

वि.सं.२०८३ साउन १३ बुधवार

249 

shares

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति भएको गोलीकाण्डको छानबिनका लागि गठित सरकारी समिति बुधबार घटनास्थल पुगेको छ। घटनास्थलको निरीक्षणसँगै समितिले स्थानीय बासिन्दा, प्रत्यक्षदर्शी तथा सुरक्षाकर्मीहरूसँग सोधपुछ गर्दै घटनाको वास्तविकता पत्ता लगाउने प्रक्रिया अघि बढाएको छ।

आइतबार राति दुई समूहबीच भएको विवाद नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको थियो भने कम्तीमा नौ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको उपचार विराटनगरस्थित अस्पतालहरूमा भइरहेको छ।

घटनापछि स्थानीयवासीले प्रहरीको बल प्रयोग आवश्यकताभन्दा बढी भएको आरोप लगाउँदै प्रदर्शन गरेका थिए। प्रदर्शन उग्र बन्दै गएपछि केही समय अवस्था तनावग्रस्त बनेको थियो। त्यसपछि सुरक्षा व्यवस्था थप कडा पारिएको थियो।

घटनाको निष्पक्ष छानबिनको माग चर्किएपछि गृह मन्त्रालयले सोमबार मन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिलाई घटनाको कारण, प्रहरीको भूमिका, बल प्रयोगको औचित्य तथा समग्र सुरक्षा व्यवस्थाको मूल्याङ्कन गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ।

बिहान घटनास्थल पुगेको टोलीले गोली चलेको स्थान, क्षतिग्रस्त क्षेत्र तथा घटनासँग सम्बन्धित अन्य भौतिक प्रमाणहरूको निरीक्षण गरेको छ। साथै स्थानीयवासी, प्रत्यक्षदर्शी, जनप्रतिनिधि तथा प्रहरी अधिकारीहरूसँग छुट्टाछुट्टै छलफल र सोधपुछ गरेको छ।

छानबिन टोलीले घटनाको क्रममा अपनाइएको सुरक्षा रणनीति, भीड नियन्त्रणका उपाय, गोली चलाउनुपर्ने अवस्था सिर्जना भएको वा नभएको, तथा बल प्रयोग कानुनी मापदण्डअनुसार भएको थियो वा थिएन भन्ने विषयमा समेत अध्ययन गरिरहेको जनाएको छ।

छानबिन समितिले संकलित प्रमाण, बयान तथा प्राविधिक विवरणका आधारमा निष्कर्षसहितको प्रतिवेदन गृह मन्त्रालयमा पेश गर्ने तयारी गरेको जनाएको छ।

यसैबीच, सुनसरीको देवानगञ्ज घटनालाई लिएर संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलहरूले शान्ति, संयमता र संवादमार्फत समाधान खोज्न सबै पक्षसँग अपिल गरेका छन्। सर्वदलीय बैठकपछि जारी संयुक्त वक्तव्यमा दलहरूले सबै पक्षलाई संयमता अपनाउँदै आफ्ना माग र असन्तुष्टि शान्तिपूर्ण तथा लोकतान्त्रिक ढंगले अभिव्यक्त गर्न आग्रह गरेका छन्।

साथै, घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न र दोषी देखिएकामाथि कानुनबमोजिम कारबाही गर्न सरकारसँग पनि उनीहरूले माग गरेका छन्।

वि.सं.२०८३ साउन १३ बुधवार १३:०१ मा प्रकाशित

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...

सरकारद्वारा सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन

सरकारद्वारा सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन

काठमाडौँ । सरकारले सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश,...

कञ्चनपुरमा ठूला योजनाः निर्माण गति सुस्त, प्रक्रियागत अल्झनमै समय खर्च

कञ्चनपुरमा ठूला योजनाः निर्माण गति सुस्त, प्रक्रियागत अल्झनमै समय खर्च

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको विकासको ढोका खुल्ने आशा गरिएको कञ्चनपुरको...

गृहमन्त्रीलाई रक्षा बमको सुझाव–‘पीडित परिवारसँग भेटेर माफी माग्नुस्’

गृहमन्त्रीलाई रक्षा बमको सुझाव–‘पीडित परिवारसँग भेटेर माफी माग्नुस्’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले बारा जिल्लामा बलात्कारपछि हत्या...

टी ट्वान्टी सिरिज : नेपाल ‘ए’ पहिला ब्याटिङ गर्दै

टी ट्वान्टी सिरिज : नेपाल ‘ए’ पहिला ब्याटिङ गर्दै

काठमाडौँ । अस्ट्रेलियाको डार्बिनमा आजदेखि सुरु भएको ‘टप इण्ड टि...