back
CTIZAN AD

देवानगञ्ज घटनामा प्रधानमन्त्रीको भूमिकाप्रति गगन थापाको असन्तुष्टि

वि.सं.२०८३ साउन १३ बुधवार

159 

shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनालाई लिएर प्रधानमन्त्रीको भूमिकाप्रति असन्तुष्टि जनाएका छन् ।

बुधबार सिंहदरबारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पहलमा आयोजित सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै थापाले संवेदनशील परिस्थितिमा प्रधानमन्त्री बालेन शाहले नेतृत्वदायी भूमिका निर्वाह गर्न नसकेको बताएका हुन्।

उनले घटना उग्र बन्नुअघि नै संवाद, समन्वय र विश्वासको वातावरण निर्माण गर्न सरकार अग्रसर हुनुपर्ने भए पनि त्यसो हुन नसकेको टिप्पणी गरे।

‘यस्तो संवेदनशील अवस्थामा पनि प्रधानमन्त्रीले भाउ खाएर बस्ने होरु ठालु भएर बस्ने होरु’ थापाले भने, ‘यतिबेला सबैलाई जोड्ने प्रयास गर्नुपर्छ। प्रधानमन्त्रीले नै सबै राजनीतिक दल, प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गरेर सामाजिक सद्भाव कायम राख्ने नेतृत्व गर्नुपर्थ्यो। त्यो भएको देखिएन।’

देवानगञ्जको घटनालाई सरकारको निरन्तर असफलताको परिणाम भएको उल्लेख गर्दै उनले नेपाल धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र विविधतामा आधारित मुलुक भएकाले कुनै पनि विवादलाई संवाद र सहमतिबाट समाधान गर्नुपर्नेमा जोड दिए। उनले नेपाली कांग्रेसका निर्वाचित जनप्रतिनिधिलाई पनि स्थानीय तहमा संयम अपनाउन र सामाजिक सद्भाव कायम राख्न सक्रिय भूमिका खेल्न निर्देशन दिइएको जानकारी दिए।

सामाजिक सद्भावमा असर पर्ने घटनामा प्रधानमन्त्रीले समयमै सक्रियता देखाएर सबै राजनीतिक दल, प्रदेश सरकार, स्थानीय तह र सरोकारवालासँग समन्वय गर्नुपर्ने बताए। थापाले प्रभावित जिल्लाहरूमा सर्वदलीय संयन्त्रलाई सक्रिय बनाउँदै राजनीतिक दल, स्थानीय प्रशासन र समुदायबीच समन्वय बढाउनुपर्ने आवश्यकता औंल्याए। कतिपय स्थानमा थप तनाव सिर्जना हुन सक्ने जोखिम रहेको भन्दै सबै पक्षलाई उत्तेजनाबाट टाढा रही जिम्मेवार व्यवहार गर्न उनले आग्रह गरे।

सरकारप्रति असन्तुष्टि व्यक्त गर्दै थापाले नागरिकले संकटका बेला अभिभावकीय भूमिका खोज्ने भए पनि अहिले सरकार ‘बन्दुकको गोली र लाठी’मार्फत मात्रै देखिएको टिप्पणी गरे।

‘सरकार अभिभावक हो। अभिभावकको भूमिका सबैलाई मिलाएर लैजानु हो,’ उनले भने।

भूकम्प र कोभिड–१९ महामारीजस्ता राष्ट्रिय संकटका बेला राजनीतिक मतभेद हुँदाहुँदै पनि सबै दल एक ठाउँमा उभिएको स्मरण गर्दै थापाले अहिले पनि त्यही राजनीतिक परिपक्वता, संवाद र सहकार्य आवश्यक रहेको बताए।

 

वि.सं.२०८३ साउन १३ बुधवार १३:४० मा प्रकाशित

एनआईसी एशिया बैंकको इजी कार्ड सार्वजनिक : अब घरमै बसेर अन्तर्राष्ट्रिय भुक्तानी गर्न सकिने

एनआईसी एशिया बैंकको इजी कार्ड सार्वजनिक : अब घरमै बसेर अन्तर्राष्ट्रिय भुक्तानी गर्न सकिने

काठमाडौँ । एनआईसी एशिया बैंकले ग्राहकहरूलाई अन्तर्राष्ट्रिय भुक्तानी प्रक्रियालाई सहज...

सुनसरी घटनामा घाइते अर्का युवकको पनि मृत्यु

सुनसरी घटनामा घाइते अर्का युवकको पनि मृत्यु

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा आइतबार भएको घटनाका क्रममा...

संवाद र सहकार्यबाट समस्या समाधान गरिनुपर्नेः पूर्वप्रधानमन्त्री दाहाल

संवाद र सहकार्यबाट समस्या समाधान गरिनुपर्नेः पूर्वप्रधानमन्त्री दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका नेता एवं...

दङ्गालीका सपना अन्ततः पूरा हुने अवस्थामा

दङ्गालीका सपना अन्ततः पूरा हुने अवस्थामा

दाङ । दाङको आकासमा ठूला जहाज उडेको हेर्ने दङ्गालीका सपना...

फिफाको लगानी योजना अवसर मात्र : इन्फान्टिनो

फिफाको लगानी योजना अवसर मात्र : इन्फान्टिनो

पेरिस । अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले...

सिरहामा अर्को आदेश नभएसम्मका लागि कफ्यु आदेश

सिरहामा अर्को आदेश नभएसम्मका लागि कफ्यु आदेश

सिरहा। सिरहाको गोलबजार आसपासका क्षेत्रमा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी...