back
CTIZAN AD

संवाद र सहकार्यबाट समस्या समाधान गरिनुपर्नेः पूर्वप्रधानमन्त्री दाहाल

वि.सं.२०८३ साउन १४ बिहीवार

195 

shares

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका नेता एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली जनताको ऐतिहासिक विरासत भनेको सामाजिक सद्भाव कायम राख्नु भएकाले संवाद र सहमतिबाट समस्याको समाधान गरिनुपर्नेमा जोड दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्नुहुँदै उनले सुनसरीको परिस्थिति असहज हुन दिन नहुने र त्यसका लागि सबै पक्षले सामाजिक सद्भावलाई महत्व दिएर अघि बढ्नुपर्ने बताए । नेता दाहालले सुनसरीको कप्तानगञ्जमा गोली चलाउनु पर्ने अवस्था थियो वा थिएन भन्ने विषय पनि सत्यतथ्य बाहिर आउनुपर्ने धारणा व्यक्त गरे ।

प्रचलित संविधान, कानुन र व्यवहारअनुसार यस किसिमका घटनाको समाधान तथा व्यवस्थापन गर्ने कामको नेतृत्व प्रधानमन्त्रीबाट हुनुपर्ने धारणा व्यक्त गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीले बुधबार बोलाएको सर्वदलीय बैठकलाई भने सकारात्मक कदमका रूपमा लिनुपर्ने बताए ।

अहिलेको असहज अवस्थामा पनि संवाद र सहकार्य हुन आवश्यक छ भन्नुहुँदै पूर्वप्रधानमन्त्री दाहालले सरकारको नेतृत्वमा प्रमुख राजनीतिक पार्टीहरूबीचको एकता र सहकार्यबाट संवेदनशील समस्याको समाधान खोजिनुपर्ने धारणा व्यक्त गरे ।

उनले सुकुम्बासी, ट्रेड युनियन, विद्यार्थी सङ्गठन, सीमा विवादसम्बन्धी विषयमा वर्तमान सरकारबाट राम्रो काम नभएको उल्लेख गर्दै संविधान संशोधनका विषयमा सरकार जसरी प्रस्तुत भयो, त्यसले संविधानलाई कमजोर बनाउन लागेको त होइन भन्ने प्रश्न आमजनतामा देखिएको भनी सरकारको ध्यानाकषर्ण गरे ।

पूर्वप्रधानमन्त्री दाहालले नेपाली जनताको लोकतान्त्रिक अधिकारका लागि पछिल्लो समय भइरहेका केही घटनाक्रमले सही सङ्केत नगरेको टिप्पणी गरे । गणतन्त्र दिवसका दिन प्रधानमन्त्रीले नबोल्नु, संसद्को संयुक्त बैठकमा राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहेका समयमा प्रधानमन्त्री उठेर हिड्नु र सीमाका विषयमा प्रधानमन्त्रीले संसद्मा बोलेको विषयलाई लोकतान्त्रिक शासन प्रणालीमा राम्रो मान्न नसकिने धारणा व्यक्त गरे ।

“लोकतन्त्रप्रतिको निष्ठा र राष्ट्रप्रतिको जिम्मेवारीका पक्षमा हामी सबै सांसदले भूमिका निर्वाह गर्नुपर्छ, प्रधानमन्त्री बालेन्द्र शाहलाई भन्छु, ठूला समस्याको निकास दिने जेल–नेल भोगेका नेता मुलुकमा छन्, तीसँग सहकार्य गर्न प्रधानमन्त्रीलाई के ले रोकेको हो, नेपालको राष्ट्रिय स्वाधीनताको रक्षाका निमित्त एकताबद्ध हुन जरुरी छ, प्रधानमन्त्रीका कतिपय अभिव्यक्तिले अप्ठ्यारो बनाएको छ । सहज परिस्थिति निर्माण गर्न उनले संसद्मा स्पष्टीकरण दिनुपर्छ, उनले भने ।

विगतमा शान्ति प्रक्रियाका क्रममा निर्वाह गरेको भूमिकाको चर्चा गर्दै पूर्वप्रधानमन्त्री दाहालले त्यस अनुरुप अहिलेका दलले पनि पाठ सिक्नुपर्ने बताए । उनले २०७२ वैशाख १२ गतेको ‘गोर्खा’ भूकम्प आएको बेला तत्कालीन नेकपा माओवादी प्रतिपक्षी दल भएपनि विपदको समयमा सरकारसँग सहकार्य गरी राहत, उद्धार र पुनःस्थापनाका काममा सक्रिय रूपमा सहभागी भएको स्मरण गरे ।

नेपाली जनताका बीच राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गरी नेपाललाई स्वतन्त्र, सुदृढ र सम्पन्न मुलुक बनाउने अभियानमा अहिले सत्तारुढ दल रास्वपाको महत्वपूर्ण भूमिका हुने धारणा व्यक्त गर्दै नेता दाहालले देशलाई अप्ठ्यारो परेको अवस्थामा यसअघि जस्तै आफ्नो पार्टी सहयोग र सहकार्य गर्न तयार रहेको स्पष्ट गरे ।

वि.सं.२०८३ साउन १४ बिहीवार १५:०५ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...