back
CTIZAN AD

सुनसरी घटनामा घाइते अर्का युवकको पनि मृत्यु

वि.सं.२०८३ साउन १४ बिहीवार

225 

shares

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा आइतबार भएको घटनाका क्रममा प्रहरीको गोली लागेर घाइते भएका अर्का एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।प्रहरीका अनुसार देवानगञ्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको बिहीबार दिउँसो विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

आइतबार राति देवानगञ्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर उनी गम्भीर घाइते भएका थिए। उपचारका लागि अस्पताल भर्ना गरिए पनि चिकित्सकको प्रयास सफल हुन नसकेको प्रहरीले जनाएको छ।

यसअघि सोही घटनामा ओमप्रकाश मेहताको मृत्यु भएकाे थियो। जयप्रकाश मेहताको मृत्यु भएसँगै देवानगञ्ज घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ। घटनामा गोली लागेर घाइते भएका अन्य ८ जनाको विराटनगरस्थित न्यूरो अस्पताल, विराट नर्सिङ होम र नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार उक्त घटनामा सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी व्यक्ति घाइते भएका थिए। घाइतेमध्ये केहीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

वि.सं.२०८३ साउन १४ बिहीवार १५:१९ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...