back
CTIZAN AD

अब भरतपुर अस्पतालमा प्रयोगशालाको नतिजा अनलाइनबाट

वि.सं.२०८३ भदौ ६ शनिवार

shares
चितवन । भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइनमार्फत् प्राप्त गर्ने प्रणाली विकास गरेको छ । अस्पतालको वेबसाइटमा गएर रिपोट हेर्न सकिने व्यवस्था गरिएको हो ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा विश्वबन्धु बगालेका अनुसार ‘ल्याब रिपोर्ट’मा क्लिक गरेपछि युजरनेम र पासवर्ड राख्ने विकल्प आउँछ, जुन उपचार शुल्क तिर्दा प्राप्त बिलमा नै उल्लेख गरिएको हुन्छ । सोही युजरनेम र पासवर्ड प्रयोग गरी बिरामीले आफ्नो प्रयोगशालाको नतिजा अनलाइनबाटै हेर्न र प्रिन्ट गर्न सक्ने उहाँले जानकारी  दिए ।
यसैगरी अस्पतालमा जडान गरिएका दुई वटा भेन्डिङ मेसिनबाट पनि बहिरङ्ग (ओपिडी) टिकट र प्रयोगशाला रिपोर्ट दुवै लिन मिल्ने व्यवस्था मिलाइएको उनको भनाइ छ । यसले बिरामीलाई काउन्टरमा लाइन बस्नुपर्ने झन्झटबाट मुक्ति दिने बगाले बताउछन्  ।
अस्पतालमा दैनिक तीन हजार ८०० बिरामी बहिरंग सेवाका लागि आउने गरेको तथ्याङ्क छ । सेवा सुविधामा भइरहेको सुधारसँगै बिरामीको चाप पनि उत्तिकै बढ्दै गएको डा बगालेले बताए । ६२० शय्या सञ्चालनमा रहेको भरतपुर अस्पतालमा चितवनसहित छिमेकी २५ जिल्लाका बिरामी उपचारका लागि आउने गर्छन् ।
स्वास्थ्य बीमामार्फत् सेवा दिनमा पनि यो अस्पताल अग्रणी मानिन्छ । सरकारले निजी अस्पताल र मेडिकल कलेजमा स्वास्थ्य बीमा सेवा बन्द गरेपछि बीमामार्फत् उपचार गराउन भरतपुर अस्पताल आउनेको सङ्ख्या क्रमशः बढ्दै गएको छ ।

वि.सं.२०८३ भदौ ६ शनिवार ०६:४९ मा प्रकाशित

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...

गृहमन्त्रीलाई रक्षा बमको सुझाव–‘पीडित परिवारसँग भेटेर माफी माग्नुस्’

गृहमन्त्रीलाई रक्षा बमको सुझाव–‘पीडित परिवारसँग भेटेर माफी माग्नुस्’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले बारा जिल्लामा बलात्कारपछि हत्या...

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै देउवा र पूर्णबहादुर खड्का सर्वोच्चमा

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै देउवा र पूर्णबहादुर खड्का सर्वोच्चमा

काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक विवाद थप चर्किँदै गएपछि १५...

प्रधानमन्त्री कार्यालयले भन्यो – प्रधानमन्त्रीको मुस्ताङ भ्रमण निजी

प्रधानमन्त्री कार्यालयले भन्यो – प्रधानमन्त्रीको मुस्ताङ भ्रमण निजी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को मुस्ताङ भ्रमणलाई लिएर...

प्रधानमन्त्री खम्पा गुम्बा दर्शन गर्न गएको राप्रपा नेता ज्ञानेन्द्र शाहीको दाबी

प्रधानमन्त्री खम्पा गुम्बा दर्शन गर्न गएको राप्रपा नेता ज्ञानेन्द्र शाहीको दाबी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता...