back
CTIZAN AD

पूर्व रास्वपा स्वास्थ्य विज्ञ डा- सुवास प्याकुरेल स्वास्थ्य बीमा बोर्डको अध्यक्ष नियुक्त

वि.सं.२०८३ साउन १४ बिहीवार

261 

shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व स्वास्थ्य विज्ञ सल्लाहकार डा. सुवास प्याकुरेल स्वास्थ्य बीमा बोर्डको अध्यक्ष नियुक्त भएका छन्। बिहीबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा डा प्याकुरेलले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

गत असार ३० गते अध्यक्षका लागि उम्मेदवार सिफारिस गर्न गठित समितिले पाँच जनाको अन्तिम सूची सार्वजनिक गरेको थियो। अन्तर्वार्तामा डा प्याकुरेलसँगै निजन उपाध्याय, महेश सुवेदी, सुमनचन्द्र गुरुङ र सिमृन काफ्ले सहभागी भएका थिए।

रिटोक्रेसीलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएको रास्वपाले आफ्नै दलका पूर्व स्वास्थ्य विज्ञ सल्लाहकारलाई स्वास्थ्य बीमा बोर्डको नेतृत्वमा नियुक्त गरेपछि राजनीतिक वृत्तमा विभिन्न प्रतिक्रिया सदेखिएको छ।

आलोचकहरूले नयाँ कार्यविधिअनुसार प्रक्रिया पूरा गरिएको भए पनि नियुक्तिमा दलीय निकटताले भूमिका खेलेको आरोप लगाएका छन्। उनीहरूले यसले मेरिटोक्रेसीको सिद्धान्त र सार्वजनिक नियुक्तिको निष्पक्षतामाथि प्रश्न उठाएको टिप्पणी गरेका छन्।

नवनियुक्ति अध्यक्ष डा प्याकुरेलले स्वास्थ्य क्षेत्रमा रहेका विभिन्न नियामक निकायलाई एकताबद्ध गर्नुपर्ने आवश्यकता औंल्याउँदै त्यसका लागि स्वास्थ्य बीमाले ‘मियो’का रूपमा काम गर्न सक्ने धारणा व्यक्त गरे।

वि.सं.२०८३ साउन १४ बिहीवार १४:५२ मा प्रकाशित

गरिबको भान्सामा महँगीको मार

गरिबको भान्सामा महँगीको मार

नेपालमा हालको भान्साको अर्थराजनीति आयातित वस्तुमाथिको परनिर्भरता, कमजोर बजार अनुगमन...

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

धार्मिक गतिविधि, आर्थिक विकास र सामाजिक चेतनाको तथ्यपरक विश्लेषण विश्वका...

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

नेपालमा पशुपालनको विद्यमान अबस्था नेपालको ग्रामीण अर्थतन्त्रको मुख्य आधार स्तम्भका...

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायको बीच झण्डा हटाउने विषयमा शुरू...

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

काठमाडौँ । विश्वमा तीव्र गतिको आरोहणमा विशिष्ट पहिचान बनाउन सफल...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...