back
CTIZAN AD

सिरहामा अर्को आदेश नभएसम्मका लागि कफ्यु आदेश

वि.सं.२०८३ साउन १४ बिहीवार

162 

shares

सिरहा। सिरहाको गोलबजार आसपासका क्षेत्रमा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ।

जिल्लाको पछिल्लो सुरक्षा स्थितिको विश्लेषणका आधारमा आन्दोलन वा हुलदङ्गा भई शान्ति भंग हुन जाने देखिएको हुँदा जिल्ला सुरक्षा समितिको निर्णय समेतका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम निम्न बमोजिमको आदेश गरिएको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ ।

सुरेन्द्र पौडेल प्रमुख जिल्ला अधिकारीका अनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु आदेश जारी गरिएको हो। कर्फ्यु २०८३ साउन १४ गते दिउँसो २स्०० बजेदेखि अर्को आदेश नभएसम्मका लागि लागू रहने छ।

कर्फ्यु पूर्व(पश्चिम राजमार्गको पूर्वतर्फ गोलबजार नगरपालिका वडा नम्बर ३ स्थित कसहा खोलादेखि पश्चिमतर्फ गोलबजार नगरपालिकाको चोहर्वा चौकसम्म लागू गरिएको छ। यस्तै उत्तरतर्फ गोलबजार वडा नम्बर ६ स्थित सैनिक चौकदेखि दक्षिणतर्फ गोलबजार वडा नम्बर ४ को रा.प्र.रा.प्र. बहुमुखी क्याम्पस वरपरको क्षेत्रसम्म कर्फ्यु आदेश जारी गरिएको छ।

कर्फ्यु आदेशको पालना गरी जिल्लाको समग्र शान्ति सुव्यवस्थालाई सामान्यीकरण गर्न प्रमुख जिल्ला अधिकारी पौडेलले सबैको सहयोगको अपेक्षा गरेका छन्। कर्फ्यूको बर्खिलाप हुने गरी कुनै गतिविधि भए वा गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही हुने चेतावनीसमेत प्रशासनले दिएको छ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार भएको भिडन्तपछि धार्मिक भिडन्त हुन सक्ने अनुमानका साथ मधेशका केहि क्षेत्रलाई विशेष क्षेत्रको रुपमा हेरिएको छ ।

 

वि.सं.२०८३ साउन १४ बिहीवार १४:२९ मा प्रकाशित

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

काठमाडौँ ।– नेपालका लागि बंगलादेशी राजदूत महामहिम मोहम्मद शफिकुर रहमानले...

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...