back
CTIZAN AD

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

वि.सं.२०८३ भदौ ४ बिहीवार

shares

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य तथा संसदीय दलका नेता उद्धव थापामाथि पार्टीको निर्णयविपरीत गतिविधि गरेको भन्दै कडा अनुशासनात्मक कारबाही गरेको छ।

राप्रपाले पार्टीको निर्णयविपरीत बागमती प्रदेश सरकार गठनमा समर्थन दिने कार्यमा थापा संलग्न भएको ठहर गर्दै उक्त गतिविधिलाई गम्भीर अनुशासन उल्लंघनका रूपमा लिएको जनाएको छ। केन्द्रीय अनुशासन समितिको सिफारिसका आधारमा थापालाई प्रदेशसभा सदस्यबाट पदमुक्त गर्ने, पार्टी सदस्यबाट निलम्बन गर्ने तथा त्यसबारे बागमती प्रदेशसभालाई जानकारी पठाउने निर्णय गरिएको हो।

थापा राप्रपाबाट काठमाडौं–८ (२) बाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य हुन्। उनी २०७९ पुसमा राप्रपा बागमती प्रदेश संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका थिए। प्रदेश सरकार गठनलाई लिएर पछिल्लो समय राप्रपाभित्रै मतभेद देखिएको थियो। बागमतीमा सरकार गठनका लागि राप्रपाको समर्थन निर्णायक बन्न सक्ने अवस्था बनेपछि पार्टीभित्र सरकारमा सहभागी हुने र नहुने विषयमा दुई धार देखिएको थियो।

यसअघि राप्रपाको केन्द्रीय नीति प्रदेश सरकारमा सहभागी नहुने रहेको उल्लेख हुँदै आएको भए पनि बागमतीमा संसदीय दलका नेता थापा पक्षका सांसदहरू सरकार गठनको प्रक्रियामा सक्रिय देखिएका थिए। थापा पक्षले नयाँ सत्ता समीकरणलाई समर्थन गर्ने संकेत दिएको समाचारहरू सार्वजनिक भएका थिए।

पार्टीको निर्णयअनुसार थापालाई प्रदेशसभा सदस्यबाट पदमुक्त गर्न प्रदेशसभालाई जानकारी पठाइने भएपछि उनको सांसद पदसम्बन्धी प्रक्रिया थप संवैधानिक तथा कानुनी प्रक्रियामा जाने देखिएको छ। साथै, पार्टी सदस्यबाट निलम्बनको निर्णयले राप्रपाको बागमती प्रदेश संसदीय दलमा समेत नेतृत्व र समीकरण परिवर्तनको अवस्था सिर्जना गर्न सक्नेछ।

वि.सं.२०८३ भदौ ४ बिहीवार १६:४८ मा प्रकाशित

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

काठमाडौँ ।– नेपालका लागि बंगलादेशी राजदूत महामहिम मोहम्मद शफिकुर रहमानले...

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...

सात हजार कुखुराको ‘पोष्टमार्टम – १० रोगको पहिचान

सात हजार कुखुराको ‘पोष्टमार्टम – १० रोगको पहिचान

चितवन । यहाँ रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक...