back
CTIZAN AD

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

वि.सं.२०८३ भदौ ४ बिहीवार

shares

काठमाडौँ ।– नेपालका लागि बंगलादेशी राजदूत महामहिम मोहम्मद शफिकुर रहमानले नेपाल र बंगलादेशबीच द्विपक्षीय सम्बन्ध, सांस्कृतिक समझदारी र पर्यटन प्रवर्द्धनका लागि वार्षिक रूपमा ‘नेपाल-बंगलादेश सांस्कृतिक तथा रचनात्मक आदानप्रदान कार्यक्रम’ स्थापना गर्न प्रस्ताव गरेका छन् ।

यूनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत बसन्तपुरस्थित काठमाडौँ दरबार स्क्वायरमा आयोजित ‘ब्युटिफुल बंगलादेश’ अन्तर्राष्ट्रिय फोटो प्रदर्शनी २०२६ को उद्घाटन समारोहलाई मुख्य अतिथिका रूपमा सम्बोधन गर्दै राजदूत रहमानले उक्त प्रस्ताव राखेका हुन् ।

विश्व फोटोग्राफी दिवसको अवसर पारेर नेशनल फोरम अफ फोटो जर्नलिस्ट (BPJA) नेपाल र बंगलादेश फोटो जर्नलिस्ट एसोसिएसन (NFPJ) को संयुक्त आयोजनामा सुरु भएको यस कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यवाहक महानिर्देशक, चिनियाँ सांस्कृतिक केन्द्रका उपनिर्देशकका साथै नेपाल र चीनका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।समारोहलाई सम्बोधन गर्दै राजदूत रहमानले फोटोग्राफीलाई सञ्चार र अभिव्यक्तिको एक शक्तिशाली माध्यमको रूपमा चित्रण गरे । ऐतिहासिक स्थलमा आयोजित यस प्रदर्शनीले नेपाली दर्शकलाई बंगलादेशको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, ऐतिहासिक स्थल र त्यहाँका नागरिकको दैनिक जनजीवन एवं आकाङ्क्षाहरूलाई नजिकबाट बुझ्ने उत्कृष्ट अवसर प्रदान गरेको उनको भनाइ थियो।

नेपाल र बंगलादेशबीचको गहिरो सांस्कृतिक सहकार्य, साझा मूल्य मान्यता र भाषिक सामीप्यताको चर्चा गर्दै उहाँले पछिल्लो समय बंगलादेशबाट नेपाल भ्रमणमा आउने पर्यटकहरूको संख्या बढ्दै गएकोमा खुसी व्यक्त गरे। जनस्तरको सम्बन्ध नै दुई छिमेकी देशबीचको द्विपक्षीय सम्बन्धको मुख्य जग भएको उनले प्रस्ट पारे। सांस्कृतिक र जनस्तरको सम्बन्धलाई अझ प्रगाढ बनाउन राजदूत रहमानले दुईवटा विशेष प्रस्तावहरू अघि सारेका थिए । उनले दुवै देशका फोटोग्राफर, चलचित्रकर्मी, संगीतकार, कलाकार, लेखक र सांस्कृतिककर्मीहरूलाई सँगै ल्याउनका लागि वार्षिक सांस्कृतिक तथा रचनात्मक आदानप्रदान कार्यक्रम स्थापना गर्नुपर्नेमा जोड दिए ।

यस कार्यक्रमअन्तर्गत संयुक्त प्रदर्शनी, सांस्कृतिक प्रस्तुति, चलचित्र महोत्सव, फोटोग्राफी आदानप्रदान र कार्यशालाहरू पालैपालो दुवै देशमा आयोजना गर्न सकिने उनको सुझाव थियो। साथै, दुवै देशको सांस्कृतिक सम्पदा र पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धनका लागि डिजिटल प्लेटफर्म र समकालीन मिडियाको बढीभन्दा बढी प्रयोग गर्न आह्वान गर्दै उनले दुवै देशका फोटो पत्रकार संस्थाहरूलाई संयुक्त रूपमा पर्यटन प्रवर्द्धनका पहलहरू अगाडि बढाउन आग्रह गरे। राजदूत रहमानले यस्ता रचनात्मक पहलहरूलाई सफल बनाउन काठमाडौँस्थित बंगलादेशी दूतावास हरसम्भव सहयोग र सहजीकरण गर्न सधैँ तयार रहने प्रतिबद्धता समेत व्यक्त गरे ।

विश्व फोटोग्राफी दिवसको अवसरमा यति भव्य प्रदर्शनी आयोजना गरेकोमा उनले एनएफपिजे नेपाल र बिपिजिएलाई बधाई दिँदै यस कार्यक्रमले दुई देशका जनताबीच आपसी अन्तर्क्रिया, दुईतर्फी यात्रा, व्यावसायिक सहयोग र मित्रतालाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरे । कार्यक्रमपछि राजदूत रहमान चिनियाँ सांस्कृतिक केन्द्रद्वारा आयोजित चिनियाँ फोटो प्रदर्शनीमा विशिष्ट अतिथिका रूपमा सहभागी भए। उनले कार्यक्रममा सम्बोधन गर्नुका साथै अन्य अतिथिसँगै प्रदर्शनीको अवलोकनसमेत गरेका थिए।

वि.सं.२०८३ भदौ ४ बिहीवार १४:३६ मा प्रकाशित

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...

सात हजार कुखुराको ‘पोष्टमार्टम – १० रोगको पहिचान

सात हजार कुखुराको ‘पोष्टमार्टम – १० रोगको पहिचान

चितवन । यहाँ रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक...

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

काठमाडौँ । विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’...