back
CTIZAN AD

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

वि.सं.२०८३ भदौ ४ बिहीवार

shares

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई वर्षीय बालक तीन दिनपछि सामुदायिक वन क्षेत्रबाट सकुशल फेला परेका छन्।

भागर निवासी हेमकुमारी आले च्याउ टिपेर घर फर्कने क्रममा उनका साढे दुई वर्षीय नाती हराएपछि परिवारमा ठूलो चिन्ता छाएको थियो। अबोध बालक कहाँ पुगे भन्ने पत्तो नलागेपछि परिवारसँगै स्थानीयवासीसमेत खोजीमा जुटेका थिए।

बालकको खोजीका लागि स्थानीयवासीसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएका थिए। सशस्त्र प्रहरी बल नेपाल औद्योगिक सुरक्षा बेस, प्रगतिनगरबाट सशस्त्र प्रहरी निरीक्षक कृष्णबहादुर पौड्यालको कमाण्डमा १० जनाको टोली खोजीमा खटिएको थियो।

त्यस्तै, इलाका प्रहरी कार्यालय रजहरबाट प्रहरी निरीक्षक भरत थापा क्षेत्रीको नेतृत्वमा सात जनाको प्रहरी टोली पनि खोजीमा परिचालन गरिएको थियो।

लगातारको खोजीपछि भदौ ४ गते बिहान करिब १० बजे बालक घरबाट करिब १।५ किलोमिटर उत्तरतर्फ रहेको जंगलमा सकुशल फेला परेका हुन्।

वि.सं.२०८३ भदौ ४ बिहीवार १३:५० मा प्रकाशित

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...

सात हजार कुखुराको ‘पोष्टमार्टम – १० रोगको पहिचान

सात हजार कुखुराको ‘पोष्टमार्टम – १० रोगको पहिचान

चितवन । यहाँ रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक...

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

काठमाडौँ । विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’...

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

काठमाडौँ । सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको...