back
CTIZAN AD

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

वि.सं.२०८३ साउन ७ बिहीवार

1.5K 

shares

मेरिल्यान्ड (अमेरिका) । सुदूरपश्चिमेली नेपालीहरूको साझा संस्था सुदूरपश्चिम समाज मेरिल्यान्डको सुदूरपश्चिम नेपाली समाजको तेस्रो महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनले सन् २०२६–२०२८ कार्यकालका लागि नयाँ नेतृत्व सर्वसम्मत निर्वाचनमार्फत चयन भएको छ।

नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित भएका छन्। त्यसैगरी उपाध्यक्षमा गणेश भट्टराई, महासचिवमा हंसा भट्ट, सचिवमा विश्व जैशी तथा कोषाध्यक्षमा सलीना रिमाल निर्वाचित भएका छन्।

त्यस्तै बोर्ड अफ डाइरेक्टर्समा टेक कटुवाल, योगेन्द्र चन्द, केदार विक्रम शाही, रक्षा बनियाँ, सम्झना रावत, शंकरी खड्का, सञ्जु बी।के।, निश्चल शाह, दीपक भारती र भीम कुँवर चयन भएका छन्।

समाजका अध्यक्षरानाले नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा बोर्ड सदस्यहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै नयाँ नेतृत्वको मार्गदर्शनमा संस्था अझ सशक्त, सक्रिय र समुदायमुखी रूपमा अघि बढ्ने विश्वास व्यक्त गरेका छन् ।

नयाँ नेतृत्वले सुदूरपश्चिमेली समुदायको हित, आपसी एकता, भाषा–संस्कृतिको संरक्षण तथा संस्थागत विकासलाई प्राथमिकतामा राख्दै आगामी दुई वर्ष कार्य गर्ने जनाएको छ ।

वि.सं.२०८३ साउन ७ बिहीवार १३:५६ मा प्रकाशित

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

क्यानाडा । नेपाली काँग्रेसको प्रवासस्थित भातृ संंगठन नेपाली जनसम्पर्क समिति...

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिका । अमेरिकाको न्युर्योकमा रहेर नेपाल नेपालीको सेवामा निरन्तर लागि...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...