back
CTIZAN AD

प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार कुमार बेन र भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार बीच भेटवार्ता

वि.सं.२०८३ साउन ७ बिहीवार

177 

shares

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनले भारतको नयाँ दिल्ली पुगेर भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) अजित डोभालसँग भेटवार्ता गरेको खुलासा भएको छ। । उक्त भेटवार्ताको विषय सार्वजनिक भएपछि प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमणबारे राजनीतिक तथा कूटनीतिक वृत्तमा चासो बढेको छ। यद्यपि, उक्त भेटवार्ताबारे नेपाल वा भारतका सरकारी निकायबाट हालसम्म कुनै औपचारिक पुष्टि भएको छैन।

जुलाईको पहिलो साता भएको भनिएको उक्त भेट मुख्यतः प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमणको तयारी, भ्रमणका एजेन्डा र नेपाल–भारत सम्बन्धका समसामयिक विषयमा केन्द्रित रहेको दाबी गरिएको छ।

प्रकाशित समाचारमा प्रधानमन्त्रीले आफ्नो पहिलो औपचारिक विदेश भ्रमण कुन देशबाट सुरु गर्ने भन्ने विषयमा छलफल भइरहेका बेला प्रमुख राजनीतिक सल्लाहकार बेनलाई दिल्ली पठाएको उल्लेख गरिएको छ। भारत भ्रमणका लागि आवश्यक वातावरण बनाउन र उच्चस्तरीय समन्वयका उद्देश्यले उक्त भेट भएको दाबी पनि गरिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केही नेताहरू तथा प्रधानमन्त्री कार्यालयसँग सम्बद्ध स्रोतलाई उद्धृत गर्दै प्रकाशित समाचारमा कुमार बेन आफ्ना निकट सहयोगी रोशन खड्कासँग नयाँ दिल्ली पुगेको उल्लेख छ। त्यहाँ भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालसँग नेपाल–भारत सम्बन्ध, द्विपक्षीय सहकार्य तथा प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमणको प्रारम्भिक कार्यसूचीबारे छलफल भएको भनिएकाे छ।

सरकार गठन भएको करिब सय दिनपछि प्रधानमन्त्री शाहले कूटनीतिक सक्रियता बढाउने संकेत देखिएको विश्लेषण पनि सार्वजनिक भएको छ। त्यससँगै भारत भ्रमणको सम्भावित तयारीलाई सरकारको परराष्ट्र प्राथमिकतासँग जोडेर हेरिएको छ।

परराष्ट्र मन्त्रालयको औपचारिक संलग्नताबिनै राजनीतिक तहबाट प्रारम्भिक कूटनीतिक पहल अघि बढाइएको भन्दै कूटनीतिक वृत्तमा विभिन्न टिप्पणीहरू भइरहेका छन्।

यद्यपि, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नेपाल सरकारको परराष्ट्र मन्त्रालय, भारतीय विदेश मन्त्रालय तथा भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकारको कार्यालयले उक्त भेटवार्ता वा प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमणबारे हालसम्म कुनै आधिकारिक पुष्टि गरेका छैनन्।

वि.सं.२०८३ साउन ७ बिहीवार १३:३२ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...