back
CTIZAN AD

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

वि.सं.२०८३ साउन ३१ आइतवार

24 

shares

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि लगानीमैत्री वातावरण निर्माण गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आग्रह गरेको छ।

इप्पान अध्यक्ष मोहनकुमार डाँगी नेतृत्वको प्रतिनिधिमण्डलले लामिछानेलाई भेट गरी ऊर्जा क्षेत्रका समस्या र निजी क्षेत्रले भोग्दै आएका अवरोधबारे जानकारी गराउँदै सातबुँदे माग प्रस्तुत गरेको हो।

प्रतिनिधिमण्डलले निजी क्षेत्रलाई ऊर्जा क्षेत्रमा पूर्ण साझेदार बनाउने गरी नयाँ विद्युत् विधेयक ल्याउनुपर्ने, विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्नुपर्ने तथा प्रसारण लाइन निर्माणमा समेत निजी क्षेत्रलाई सहभागी गराउनुपर्ने माग गरेको छ। इप्पानले २०४९ सालमा बनेको विद्युत् ऐन अहिलेको प्रविधि, लगानी र ऊर्जा बजारको आवश्यकताअनुसार पर्याप्त नभएको भन्दै नयाँ विद्युत् विधेयक ल्याउन आवश्यक रहेको जनाएको हो।

हाल रोकिएका करिब १७ हजार मेगावाट क्षमताका आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) तत्काल खुलाउन, वन, वातावरण तथा जग्गा व्यवस्थापनसँग जोडिएका समस्याको दीर्घकालीन समाधान खोज्न र जलविद्युत् आयोजनाको शान्ति–सुरक्षा तथा लगानी संरक्षणलाई राष्ट्रिय प्राथमिकतामा राख्न इप्पानले आग्रह गरेको छ।

त्यस्तै, प्रसारण पूर्वाधारको अभावका कारण निर्माण भएका कतिपय आयोजना पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको भन्दै प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई सहभागी गराउनुपर्ने इप्पानको भनाइ छ। अतिरिक्त विद्युत् स्वदेशमा खपत तथा निर्यात गर्न नेपाल विद्युत् प्राधिकरणमा मात्र निर्भर नरही अन्तरदेशीय विद्युत् व्यापारमा निजी क्षेत्रलाई समेत सहभागी गराउनुपर्ने माग गरिएको छ।

वन क्षेत्रको प्रयोग, रूख कटान, वातावरणीय प्रभाव मूल्याङ्कन तथा जग्गा प्राप्तिमा देखिएका समस्या समाधान गर्न दीर्घकालीन नीति आवश्यक रहेको इप्पानले जनाएको छ। आयोजना निर्माणका क्रममा हुने स्थानीय अवरोध र सुरक्षासम्बन्धी समस्या समाधान गर्दै जलविद्युत् आयोजनाको लगानी संरक्षणलाई राष्ट्रिय प्राथमिकतामा राख्न पनि आग्रह गरिएको छ। प्रतिनिधिमण्डलले संघ, प्रदेश र स्थानीय सरकारबीच ऊर्जा क्षेत्रसँग सम्बन्धित अधिकार तथा जिम्मेवारी स्पष्ट गर्नुपर्ने विषय पनि उठाएको छ।

वि.सं.२०८३ साउन ३१ आइतवार १८:२७ मा प्रकाशित

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी...

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

वालिङ (स्याङ्जा) । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक...

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

इलाम । वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बन्नुभएको छ...

नामीले नेपालमा नयाँ भिगो E2 “फुल एसयूभी” सार्वजनिक गर्ने

नामीले नेपालमा नयाँ भिगो E2 “फुल एसयूभी” सार्वजनिक गर्ने

काठमाडौं: नेपालका लागि डोङफेङ नामीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि मोटर्सले...

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर । ललितपुर महानगरले आजदेखि सूचना प्राप्त भएको १५ मिनेटभित्र...