back
CTIZAN AD

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

वि.सं.२०८३ साउन ३१ आइतवार

18 

shares

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा ‘प्रभाकर’ रहने भएका छन् । आइतबार बसेको सो पार्टीको सचिबालयको बिस्तारित बैठकले दुर्गा सोबको टिम र राम कार्कीलाई उज्ज्वल भबिस्यको कामना सहित बिदाइ गदै पार्टी संरक्षकमा जनार्दन शर्मा ‘प्रभाकर’ रहने निर्णय गरेको हो ।

बैठकले पार्टीको राष्ट्रिय सम्मेलन २०८३ मंसिर ५, ६ र ७ गते आयोजना गर्ने निर्णयसमेत गरेको छ। सम्मेलनबाट पार्टीको आगामी राजनीतिक दिशा, संगठनात्मक संरचना र नेतृत्वसम्बन्धी विषयलाई थप व्यवस्थित गर्ने तयारी गरिएको छ।

प्रलोपा २०८२ मंसिरमा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको अभियान तथा राष्ट्रिय स्वतन्त्र पार्टीबाट बाहिरिएका सन्तोष परियार पक्षबीचको एकताबाट बनेको हो। पार्टी गठनका क्रममा शर्मा र डा. बाबुराम भट्टराई कार्यकारी भूमिकाबाट बाहिर रहेर संरक्षकको भूमिकामा रहने संरचना बनाइएको थियो।

पार्टीले सामूहिक नेतृत्वको अवधारणाअनुसार पाँच सदस्यीय अध्यक्ष परिषद् बनाएको थियो, जसमा दुर्गा सोब, सुदन किराती, सन्तोष परियार, ओजस्वी भट्टराई र अशोक जयसवाल रहेका थिए।

केही दिन अघि अध्यक्ष परिषद्का सदस्य दुर्गा सोबले प्रलोप छाडेका थिए भने  सुदन किराँती र ओजस्वी भट्टराईलगायत नेताहरू पनि पार्टीबाट अलग भइसकेका थिए।

प्रतिनिधिसभा निर्वाचनमा प्रलोपा प्रत्यक्षतर्फ ९२ क्षेत्रमा उम्मेदवार उठाए पनि अपेक्षित परिणाम हासिल गर्न सकेन। निर्वाचनपछि पार्टीभित्र नेतृत्व, संगठन र चुनावी रणनीतिमाथि प्रश्न उठेको थियाे ।

यसै पृष्ठभूमिमा आगामी राष्ट्रिय सम्मेलनलाई पार्टीको संगठनात्मक पुनर्संरचना, नेतृत्व व्यवस्थापन र आगामी राजनीतिक कार्यदिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

पार्टीले देशभक्त र वामपन्थि शक्तिहरुसँग सहकार्यको नीति लिएर अघि बढ्ने कुरा प्रलोपाका प्रचार विभाग प्रमुख रजमान तामाङले बताएका छन् ।

वि.सं.२०८३ साउन ३१ आइतवार १८:५३ मा प्रकाशित

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

कर्णाली । कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका पहिरो...