back
CTIZAN AD

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

वि.सं.२०८३ साउन ३१ आइतवार

shares

कर्णाली । कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका पहिरो पीडित परिवारलाई राहत सामग्री पठाएको छ ।

प्रदेश सरकारले आज खाद्यान्नसहित आवश्यक बन्दोबदस्तीका सामग्री प्रभावित क्षेत्रमा पठाएको हो । एक सय ५० थान त्रिपाल, कम्बल ३५० थान, बल्याङ्केट १८५ थान, टेन्ट २० सेट, पिफर्म, प्लास्टिक, चार क्विन्टल चामल, २०० प्याकेट चाउचाउ र चिउरा पठाइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सुर्खेतका सचिव लक्ष्मीकुमार विकले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय एवं जिल्ला विपद् व्यवस्थापन समिति जाजरकोटबाट माग भइ आए अनुरुप राहत सामग्री पठाइएको सचिव विकले बताउनुभयो । उहाँका अनुसार १० जिल्लालाई पुग्ने गरी प्रदेश आपतकालीन केन्द्रमा भण्डारण गरिएको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले विपद् प्रतिकार्य, खोज उद्धार तथा राहतका लागि एक हप्ता अघि नै भर्चुअल बैठकबाट तयारी अवस्थामा रहन निर्देशन दिएको बताउनुभयो । अहिले जाजरकोटमा पहिरोमा हराइरहेकाहरुको खोज तथा उद्धार गर्न र विस्थापित परिवारका लागि लागि प्रशासनसहित नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र नेपाली सेनासहित सुरक्षा जनशक्ति परिचालन गरिएको सचिव विकले बताए । राहत तथा पुनःस्थापनका लागि सङ्घ, कर्णाली प्रदेश सरकार र स्थानीय तह मिलेर काम गर्दा त्यसले नागरिकलाई सुरक्षाको प्रत्याभूति हुने उनकोे भनाइ थियो ।

वि.सं.२०८३ साउन ३१ आइतवार १६:२८ मा प्रकाशित

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...

‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ’

‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ’

काठमाडौँ  । ग्यास बिक्रेता महासङ्घ नेपालले बिक्रेतामार्फत ग्यासको बिक्री वितरण...

कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेला सम्पन्न, यस्तो छ पारित पाँच प्रस्ताव

कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेला सम्पन्न, यस्तो छ पारित पाँच प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आयोजना गरेको तीनदिने राष्ट्रिय...

जेनजी आन्दोलनलाई पुनर्गठन गर्ने घोषणा

जेनजी आन्दोलनलाई पुनर्गठन गर्ने घोषणा

काठमाडौं । देशलाई संकटबाट जोगाउन ‘फेक शासनविरुद्ध निर्णायक आन्दोलन’ आवश्यक...

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवद्र्धन गरिँदै

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवद्र्धन गरिँदै

बागमती । हिमालयन राइडर्स सोसाइटी हेटौँडाले हेटौँडा उपमहानगरपालिका–१८ स्थित गोरक्षतालको...