back
CTIZAN AD

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

वि.सं.२०८३ साउन ३१ आइतवार

shares

क्यानाडा । नेपाली काँग्रेसको प्रवासस्थित भातृ संंगठन नेपाली जनसम्पर्क समिति (नेजस) क्यानाडाले प्रवासमा रहेका लोकतन्त्रमा आस्थावान नेपालीलाई एकताबद्ध गर्ने उद्देश्यले एकता अधिवेशन आयोजना गर्ने निर्णय गरेको छ। एकता अधिवेशन तयारी समितिका संयोजक केशबप्रसाद दाहालले विज्ञप्तिमार्फत जनसम्पर्क समितिलाई थप व्यवस्थित, गतिशील, लोकतान्त्रिक र समावेशी संस्थाका रूपमा अघि बढाउन अधिवेशन आयोजना गर्न लागिएको जानकारी दिएका छन्।

दाहालका अनुसार अध्ययन, रोजगारी तथा व्यवसायका क्रममा विश्वभर नेपालीको उपस्थिति बढ्दै गएको अवस्थामा प्रवासमा लोकतन्त्रमा विश्वास राख्ने नेपालीलाई संगठित गर्ने जनसम्पर्क समितिको आवश्यकता अझ बढेको छ। उनले संस्थालाई पुरानै ढाँचाबाट सञ्चालन नगरी पारदर्शी र लोकतान्त्रिक प्रक्रियामार्फत सबै कांग्रेसजनलाई समेटेर अघि बढाउनुपर्नेमा जोड दिएका छन्।

एकता अधिवेशनमार्फत नयाँ विधान निर्माण गरी नेतृत्व चयनमा पारदर्शिता, निश्चित कार्यकाल, जिम्मेवारीको स्पष्टता, नियमित अधिवेशन तथा लोकतान्त्रिक प्रक्रियालाई संस्थागत गर्ने तयारी गरिएको छ। व्यक्ति वा पदभन्दा संस्थागत संरचना र लोकतान्त्रिक प्रक्रियालाई बलियो बनाउने उद्देश्य रहेको दाहालले बताएका छन्।

उनले क्यानाडामा बसोबास गर्ने सबै लोकतन्त्रवादी नेपालीलाई जनसम्पर्क समितिमा आबद्ध हुन तथा एकता अधिवेशनमा सहभागी भई रचनात्मक सुझाव र सहयोग गर्न अपिल गरेका छन्। दाहालले जनसम्पर्क समिति प्रवासमा रहेका लोकतन्त्रप्रेमी नेपालीका लागि साझा चौतारी भएको उल्लेख गर्दै यसको भूमिकालाई समयअनुकूल थप प्रभावकारी बनाउनुपर्ने बताएका छन्।

आगामी अगस्ट ३०, २०२६ मा हुने उक्त अधिवेशनमा नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री तथा संविधानसभा सदस्य योगेन्द्र चौधरीको प्रमुख आतिथ्य र केन्द्रीय सदस्य उज्वल बरालको विशेष आतिथ्यमा रहने नेपाली जनसम्पर्क समिति क्यानाडाका प्रवक्ता खुमजंग बस्नेतले बताए । बस्नेतकाका अनुसार अधिवेशनमा समितिका क्रियाशील सदस्य, शुभेच्छुक, लोकतन्त्रप्रेमी तथा नेपाली कांग्रेसप्रति आस्था राख्ने नेपाली समुदायको सहभागिता रहनेछ। अधिवेशनलाई संस्थाको आगामी दिशा, संगठनात्मक सुदृढीकरण र नेतृत्व विकासका दृष्टिले महत्वपूर्ण अवसरका रूपमा लिइएको छ।

अधिवेशन अगस्ट ३० गते दिउँसो ३ बजेदेखि साँझ ९ बजेसम्म क्यानाडाको क्याम्ब्रिजस्थित Saffron & Hakka Chinese Cuisine, Party Hall, 450 Hespeler Road मा आयोजना हुने आयोजकले जनाएको छ।

 

वि.सं.२०८३ साउन ३१ आइतवार १७:२९ मा प्रकाशित

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिका । अमेरिकाको न्युर्योकमा रहेर नेपाल नेपालीको सेवामा निरन्तर लागि...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...