अमेरिका । अमेरिकाको न्युर्योकमा रहेर नेपाल नेपालीको सेवामा निरन्तर लागि परेका समाजसेवी केशवराम राईलाई मातृशोक परेको छ ।
राईकी ममतामयी आमा जय कुमारी राईको ८६ वर्षको उमेरमा अगस्त २ का दिन बेलायतमा निधन भएको हो ।
सन् १९४० मा जन्मिएकी राईको बेलायतमा रहने क्रममा निधन भएको हो । राईको अन्तिम संस्कार पनि अगस्त १२ का दिन बेलायतमै गरिएको छ ।
अमेरिकाको न्युर्योकमा रहेर विभिन्न नेपाली संघसंस्थामा नेतृत्व गर्दै निरन्तर नेपाल र नेपालीको सेवामा निरन्तर खटिइरहने समाजसेवी तथा हाम्रा शुभचिन्तक राईलाई परेको मातृशोकमा ऐक्यवद्धता प्रकाशन तथा संसारन्युज डटकम परिवार गहिरो समवेदना व्यक्त गर्दछ ।
वि.सं.२०८३ साउन २९ शुक्रवार ०६:४६ मा प्रकाशित






























