back
CTIZAN AD

युरोप क्षेत्रीय १७औँ सम्मेलन सुरु,एनआरएनएका सबै मागहरूलाई क्रमशः सम्बोधन गर्दै जाने माननीय पराजुलीको जिकिर

वि.सं.२०८३ साउन २६ मंगलवार

78 

shares

युराेप । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता माननीय गणेश पराजुलीले गैरआवासीय नेपाली संघ (एनआरएनए) का सबै मागहरूलाई राज्यका तर्फबाट क्रमशः सम्बोधन गर्दै जाने जिकिर गरेका छन् । गैरआवासीय नेपाली संघ युरोप क्षेत्रीय १७औँ सम्मेलनको सोमबार आयरल्यान्डको डब्लिनमा आयोजित उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गर्नुभएको थियो। प्रमुख अतिथिसमेत रहनुभएका सांसद पराजुलीले एनआरएनएका मागहरूलाई राज्यका तर्फबाट तत्काल सम्बोधन गर्न नसकिएको विषय स्वीकार गर्दै क्रमशः सबै माग पुरा हुने बताए ।

डब्लिनमा सुरु भएको दुईदिने क्षेत्रीय सम्मेलनको उद्घाटन प्रमुख अतिथि माननीय गणेश पराजुली, बेलायतस्थित नेपाली दूतावासका उपनियोग प्रमुख विपिन दुवाडी र परराष्ट्र मन्त्रालयका उपसचिव कृष्णकुमार सुवेदीले संयुक्त रूपमा पानसमा बत्ती बालेर गरेका थिए ।

कार्यक्रममा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का अध्यक्ष डा. हेमराज शर्माले वर्तमान कार्यसमितिले फाटेको मन जोड्दै संस्थामा एकता कायम गर्ने मुख्य काम आयरल्यान्डबाटै सुरु गर्नुभएको बताए। उनले आगामी दिनमा नयाँ पुस्ता, महिला, सरकार तथा नेपाल चेम्बर अफ कमर्सलगायतका निकायसँग जोडिने कार्यक्रमलाई तीव्रता दिइने जानकारी दिनुभएको थियो। साथै, ‘ग्लोबल नलेज कन्फरेन्स’लाई संस्थाले प्राथमिकतामा राखेको उल्लेख गरे ।

यस्तै, बेलायतका लागि कार्यवाहक राजदूत विपिन दुवाडीले विदेशमा रहेका नेपालीहरूले नेपालमा रहेका परिवार तथा सरकारलाई आर्थिक रूपमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आउनुभएको बताउनुभएको थियो। उहाँले दोस्रो र तेस्रो पुस्ता विस्तारै नेपालसँगको सम्बन्धबाट टाढिँदै गएको तथा चौथो पुस्ता झन् टाढिँदै गएको उल्लेख गर्दै नयाँ पुस्तालाई नेपालसँग कसरी जोड्ने भन्ने विषयमा एनआरएनएले गम्भीर भएर सोच्नुपर्ने समय आएको बताए।

सरकारले ‘एकपटकको नेपाली, सधैँको नेपाली’ भन्ने अवधारणा अघि सारेको उल्लेख गर्दै उनले विदेशमा आर्जन गर्नुभएको ज्ञान, क्षमता, अनुभव र पुँजीलाई नेपालसँग जोड्न परराष्ट्र मन्त्रालय निरन्तर लागिपरेको बताए ।
परराष्ट्र मन्त्रालयका उपसचिव कृष्णकुमार सुवेदीले गैरआवासीय नेपाली र नेपालको सम्बन्ध केवल रेमिट्यान्समा मात्र सीमित हुन नहुने बताउँदै नेपालमा लगानी भित्र्याउन विश्वास पहिलो सर्त रहेको उल्लेख गरे। उनले सरकारले गैरआवासीय नेपालीलाई कानुनी संरक्षण दिन तयार रहेको बताउँदै ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गर्नुपर्ने धारणा व्यक्त गरे।

उनले एनआरएनएको वास्तविक पुँजी पैसा मात्र नभई विदेशमा रहेका नेपालीहरूको अनुभव, ज्ञान र क्षमता पनि रहेको बताउनुभएको थियो। साथै, सरकारले अब ‘रिटर्न टु नेपाल’ भन्दा पनि ‘कनेक्ट टु नेपाल’को अवधारणामा अघि बढ्नुपर्नेमा जोड दिएका थिए । एनआरएनएले बैठक बस्ने र सरकारसँग माग राख्ने परम्पराबाट माथि उठेर आर्थिक, सामाजिक तथा ज्ञान हस्तान्तरणलगायतका विषयलाई आफ्ना मुख्य एजेन्डा बनाउनुपर्ने उनको भनाइ थियो।

समारोहमा एनआरएनए आईसीसीका वरिष्ठ उपाध्यक्ष रोबिन शेरचनले सम्मेलनको सफलताको शुभकामना व्यक्त गरे। यस्तै, परराष्ट्रमन्त्री शिशिर खनाल र एनआरएनए आईसीसीका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले पठाएका थिए ।

एनआरएनए आयरल्यान्डका अध्यक्ष चेतराज वलीले ऐतिहासिक क्षेत्रीय सम्मेलन आयोजना गर्ने अवसर प्राप्त भएकोमा खुसी व्यक्त गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण एनआरएनए अभियानकर्ताहरूलाई धन्यवाद दिए ।

उद्घाटन कार्यक्रममा स्कटल्यान्डमा बसोबास गर्दै आएका सजलकेशर कार्कीले स्कटल्यान्डको राष्ट्रिय धुन बजाएर प्रस्तुति दिनुभएको थियो भने एनआरएनए आयरल्यान्डकी उपाध्यक्ष प्रजया न्यौपानेले सांस्कृतिक झाँकी प्रस्तुत गरेका थिए ।

युरोप संयोजक रोबर्ट लिम्बुको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन युरोप महिला संयोजक बाबा राजेश्वरी थापा र मुकुन्द भुसालले संयुक्त रूपमा गरेका थिए ।

वि.सं.२०८३ साउन २६ मंगलवार १४:५८ मा प्रकाशित

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोपछि चीनले नेपाललाई...

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा...

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बाढी आएको छैटौँ दिन सरकारले...

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

हेटौंडा । धादिङको कृष्णभीरमा पृथ्वीराजमार्ग अवरुद्ध हुनुका साथै हेटौंडा हुँदै...

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

काठमाडौं । प्राकृतिक विपत्तिका कारण प्रभावित बनेका नुवाकोटका बाढीपीडित परिवारलाई...

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नुवाकोटस्थित...