क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित Himalayan Grocers तथा मिसिसागास्थित Himalayan Foods Company को भ्रमण गरेका छन् । क्यानडामा नेपाली उत्पादन, मौलिक स्वाद र नेपाली उद्यमशीलताको प्रवर्द्धनमा यी व्यवसायले पुर्याउँदै आएको योगदानको अवलोकन गर्दै राजदूत पौड्यालले नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने सम्भावनाबारे समेत छलफल गरेका छन् ।
राजदूत पौड्यालले दुवै पसलका सञ्चालकको उद्यमशील पहल, निरन्तरको परिश्रम तथा नेपाली उत्पादनका लागि क्यानडामा बजार निर्माण गर्ने प्रयासको प्रशंसा गरे । उनले व्यवसायको पहुँच र वितरण सञ्जाललाई थप विस्तार गर्दै गुणस्तरीय नेपाली उत्पादनलाई क्यानडाभरि तथा सम्भव भएसम्म उत्तर अमेरिकी बजारसम्म पुर्याउने नयाँ अवसरहरू खोज्न प्रोत्साहित गरे ।
राजदूत पौड्यालले डायस्पोराको उद्यमशीलताले व्यापार, संस्कृति र जनस्तरको सम्बन्धमार्फत नेपाल र क्यानडालाई जोड्ने सेतु बन्न सक्ने बताउँदै यस्ता पहलहरू प्रेरणादायी रहेको धारणा समेत व्यक्त गरे ।

Liam Foods Company
मिसिसागास्थित Liam Foods Company ले नेपालबाट आयात गरिएका मौलिक नेपाली खाद्य तथा किराना सामग्री, मसला, चिया, कफी, अचार, चाउचाउ, स्न्याक्सलगायत नेपाली खाद्य तथा सांस्कृतिक सामग्रीको थोक तथा खुद्रा बिक्रीका लागि एक विश्वसनीय गन्तव्यका रूपमा आफ्नो पहिचान स्थापित गरेको कुरा सबैका लागि प्रेरणादायी छ। नेपालका मौलिक स्वाद र परिकारका सामग्रीलाई क्यानडासम्म पुर्याउँदै यसले बढ्दो नेपाली डायस्पोराको आवश्यकता पूरा गर्नुका साथै नेपाली उत्पादनको विविधता, गुणस्तर र मौलिकतासँग क्यानडेली उपभोक्तालाई समेत परिचित गराउँदै आएको छ।
Liam Foods ले नेपाली उत्पादकहरूका लागि बजारका नयाँ अवसर सिर्जना गर्न, नेपाल र क्यानडाबीचको व्यापारिक सम्बन्धलाई सुदृढ बनाउन, नेपालका विशिष्ट, दिगो, नैतिक तथा अर्गानिक उत्पादनलाई क्यानडाको बजारमा प्रवर्द्धन गर्न तथा नेपाली ब्रान्डहरूको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्न सहयोग पुर्याएको छ। डायस्पोराको उद्यमशीलताले व्यापार, संस्कृति र जनस्तरको सम्बन्धमार्फत नेपाल र क्यानडालाई जोड्ने सेतु बन्न सक्छ भन्ने यो एक उत्कृष्ट उदाहरण पनि हो।

त्यसैगरी, टोरन्टोको स्कारबरोस्थित Himalayan Grocers ले लामो समयदेखि क्यानडामा नेपाली उत्पादनको माग पूरा गर्दै आएको छ। नेपालबाट आयात गरिएका मौलिक नेपाली खाद्यवस्तु, किराना सामग्री, ताजा तरकारी, मसला, अचार, स्न्याक्स तथा विभिन्न सांस्कृतिक सामग्री उपलब्ध गराउँदै यसले नेपाली डायस्पोरा मात्र नभई व्यापक दक्षिण एसियाली समुदाय तथा नेपाली स्वादप्रति आकर्षित क्यानडेली उपभोक्तालाई समेत सेवा पुर्याउँदै आएको छ। क्यानडाका विभिन्न स्थानमा विस्तार हुँदै गएको यसको खुद्रा सञ्जालले नेपाली उत्पादनलाई थप व्यापक बजारसम्म पुर्याउन योगदान गरेको छ।
Himalayan Grocers आफ्नै ब्रान्डमा पनि विभिन्न प्रकारका नेपाली उत्पादन बिक्री गर्दै आएको छ भने नेपालकै लोकप्रिय तथा अन्तर्राष्ट्रिय रूपमा परिचित खाद्य ब्रान्ड WaiWai को अधिकृत विक्रेता पनि हो। यसबाट क्यानडाली बजारमा नेपाली ब्रान्ड तथा उत्पादनको पहिचान र पहुँच विस्तार गर्न थप योगदान पुगेको छ।
राजदूत पौड्यालले Himalayan Grocers का सञ्चालकको उद्यमशील पहल, निरन्तरको परिश्रम तथा नेपाली उत्पादनका लागि क्यानडामा बजार निर्माण गर्ने प्रयासको प्रशंसा गरे । उनले व्यवसायको पहुँच र वितरण सञ्जाललाई थप विस्तार गर्दै गुणस्तरीय नेपाली उत्पादनलाई क्यानडाभरि तथा सम्भव भएसम्म उत्तर अमेरिकी बजारसम्म पुर्याउने नयाँ अवसरहरू खोज्न प्रोत्साहित गरेका थिए ।
क्यानडामा मौलिक नेपाली उत्पादन उपभोक्तासम्म पुर्याउने र नेपाली उत्पादक तथा उद्यमीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने Himalayan Grocers नेपालको विशिष्ट स्वाद र सांस्कृतिक वस्तुहरू चाहिने सबैका लागि पुग्नैपर्ने अर्को महत्वपूर्ण ठाउँ हो।
Liam Foods Company र Himalayan Grocers जस्ता नेपाली उद्यमहरूले डायस्पोराको आवश्यकतालाई सम्बोधन गर्दै नेपालका उत्पादक तथा उद्यमीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने सेतुको काम गरिरहेका छन्। यस्ता व्यवसायको विस्तारसँगै नेपालबाट उत्पादित खाद्यवस्तु तथा अन्य मौलिक सामग्रीले नयाँ उपभोक्ता र नयाँ बजार पाउने सम्भावना पनि बढ्दै गएको छ।

वि.सं.२०८३ साउन २६ मंगलवार ११:१८ मा प्रकाशित






























