back
CTIZAN AD

भारतमा अध्ययनरत नेपाली विद्यार्थीका लागि ‘आफ्नो दूतावास चिनौं’ कार्यक्रम

वि.सं.२०८३ साउन २६ मंगलवार

12 

shares

नयाँ दिल्ली । भारतस्थित नेपाली राजदूतावासले भारतका विभिन्न राज्य तथा केन्द्रशासित प्रदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै “आफ्नो दूतावास चिनौंः नेपाली विद्यार्थी सम्पर्क कार्यक्रम २०२६” मा सहभागिताका लागि आवेदन आह्वान गरेको छ।

नेपाली राजदूतावास, नयाँ दिल्लीले १० अगस्ट २०२६ मा सूचना जारी गर्दै भारतका विभिन्न शैक्षिक संस्थामा अध्ययनरत नेपाली विद्यार्थीलाई सक्रिय रूपमा कार्यक्रममा सहभागी हुन आह्वान गरेको हो।

दिल्ली–एनसीआर बाहेक भारतका विभिन्न राज्य तथा केन्द्रशासित प्रदेशमा रहेका मान्यता प्राप्त विश्वविद्यालय, कलेज, अनुसन्धान संस्था तथा अन्य उच्च शैक्षिक संस्थामा अध्ययनरत नेपाली विद्यार्थीले कार्यक्रममा आवेदन दिन सक्ने राजदूतावासले जनाएको छ।

कार्यक्रमको मुख्य उद्देश्य नेपाली विद्यार्थी र नेपाली राजदूतावासबीचको सम्पर्क तथा सहकार्यलाई थप सुदृढ बनाउनुका साथै नेपाल–भारतबीचको जनस्तरीय सम्बन्ध प्रवर्द्धनमा युवाको सक्रिय सहभागिता अभिवृद्धि गर्नु रहेको  उल्लेख छ।

राजदूतावासका अनुसार सामुदायिक सेवा, सार्वजनिक कूटनीति, सांस्कृतिक प्रवर्द्धन वा नेपाल–भारत सम्बन्धप्रति रुचि राख्ने नेपाली विद्यार्थीलाई कार्यक्रममा प्राथमिकताका साथ सहभागी गराइनेछ।

छनोटमा परेका दिल्ली–एनसीआर बाहेकका विभिन्न राज्य तथा केन्द्रशासित प्रदेशका नेपाली विद्यार्थीलाई इमेल वा टेलिफोनमार्फत Zoom Meeting बैठक मा सहभागी हुन आमन्त्रण गरिने राजदूतावासले जनाएको छ।

आवेदकले मान्यता प्राप्त उच्च शैक्षिक संस्थामा अध्ययनरत नेपाली नागरिक हुनुपर्ने, आधिकारिक विद्यार्थी परिचयपत्र (Student ID) भएको र सामुदायिक सेवा, सार्वजनिक कूटनीति, सांस्कृतिक प्रवर्द्धन वा नेपाल–भारत सम्बन्धप्रति रुचि भएको हुनुपर्ने योग्यता पूरा गरेको हुनुपर्ने बताइएको छ ।

राजदूतावासले “नेपाल–भारत विद्यार्थी दूत सञ्जाल (Nepal–India Student Ambassador Network)” मा सहभागिता पूर्ण रूपमा स्वैच्छिक (Voluntary) हुने स्पष्ट पारेको छ। उक्त सञ्जालमा आबद्ध हुँदा कुनै पनि प्रकारको कूटनीतिक, वाणिज्यदूत वा सरकारी प्रतिनिधिको आधिकारिक हैसियत प्राप्त नहुने उल्लेख गरिएको छ।

त्यसैगरी, कार्यक्रमको समयतालिका वा छनोट प्रक्रियामा आवश्यक परे राजदूतावासले परिवर्तन गर्न सक्ने जनाइएको छ।
त्यसका लागि connewdelhi@mofa.gov.np, culedu2013@gmail.com मा सम्पर्क गर्न  सकिन्छ ।

कार्यक्रम सम्बन्धी थप जानकारीका लागि भारतस्थित नेपाली राजदूतावासको आधिकारिक वेबसाइट हेर्न सकिन्छ।

वि.सं.२०८३ साउन २६ मंगलवार ०९:२४ मा प्रकाशित

कांग्रेस संस्थापन इतर समूहद्वारा राष्ट्रिय भेलाको तयारी तिब्र, गरियो स्थानीय तहसम्मै पत्राचार

कांग्रेस संस्थापन इतर समूहद्वारा राष्ट्रिय भेलाको तयारी तिब्र, गरियो स्थानीय तहसम्मै पत्राचार

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको आन्तरिक सुदृढीकरण...

कास्कीको अन्नपूर्णवासीका सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा

कास्कीको अन्नपूर्णवासीका सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षदेखि पालिकाभित्रका सबै...

फेरि बढ्यो अण्डाको मूल्य

फेरि बढ्यो अण्डाको मूल्य

चितवन । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन्...

सुक्खा पहिराले घारखोला जलविद्युत् आयोजनाको विद्युत्मा क्षति : एक बेपत्ता, एक जना घाइते

सुक्खा पहिराले घारखोला जलविद्युत् आयोजनाको विद्युत्मा क्षति : एक बेपत्ता, एक जना घाइते

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको...

देशैभरी मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

देशैभरी मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

प्रतिनिधिसभाको बैठक बस्दै, यी हुन् कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै, यी हुन् कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न...