back
CTIZAN AD

कास्कीको अन्नपूर्णवासीका सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा

वि.सं.२०८३ साउन २६ मंगलवार

15 

shares

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षदेखि पालिकाभित्रका सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बिमाको दायरामा ल्याउने भएको छ ।

यसअघि दलित, अपाङ्गता भएका तथा अशक्त नागरिकको निःशुल्क स्वास्थ्य बिमा गरिदिएको गाउँपालिकाले यस वर्षदेखि भने सबै नागरिकको स्वास्थ्य बिमा गर्ने कार्यक्रम अघि बढाएको हो । गाउँपालिकाले स्वास्थ्य बिमाका लागि रु ९० लाख बजेट विनियोजन गरेको छ ।

गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीका अनुसार अन्नपूर्ण गाउँपालिकामा करिब छ हजार ५०० घरधुरी छन् । सबै नागरिकको स्वास्थ्य बिमा गर्न विनियोजित बजेट अपुग भए आवश्यकताअनुसार थप बजेटको व्यवस्था गरिने उनले बताए ।

“संविधानले स्वास्थ्यलाई जनताको मौलिक हकका रूपमा सुनिश्चित गरेको छ । स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तार गर्नु राज्यको दायित्व हो । सबै नागरिकको निःशुल्क स्वास्थ्य बिमा कार्यक्रमले न्यून आय भएका परिवारलाई समयमै उपचार सेवा लिन सहज बनाउनुका साथै उपचारमा हुने आर्थिक भारसमेत कम गर्नेछ ।” अध्यक्ष केसीले भने । विकासका पूर्वाधारसँग मानवीय स्वास्थ्यलाई समेत ध्यान दिएर यो कार्यक्रम कार्यान्वयन गरिएको उनले बर्ताए ।

गाउँपालिकाले स्वास्थ्य बिमासँगै पालिकाभित्रको अन्नपूर्ण आधारभूत अस्पताललाई थप सुविधासम्पन्न बनाउने तयारी पनि गरेको छ । अस्पतालमा चिकित्सकको उपलब्धता बढाउनुका साथै विभिन्न स्वास्थ्य परीक्षणका लागि आवश्यक उपकरण विस्तार गर्दै लगिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी बरालले जानकारी दिए ।

गाउँपालिकाले अन्नपूर्ण आधारभूत अस्पताललाई स्थानीय नागरिकको स्वास्थ्य उपचारको पहिलो सेवा बिन्दुका रूपमा विकास गर्ने नीति लिएको छ । अस्पतालमा उपचार सम्भव नभएका बिरामीलाई थप उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिफारिस गर्ने व्यवस्था मिलाइएको उहाँले बताए ।

गाउँपालिकाले सबै नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउने उद्देश्यले निःशुल्क स्वास्थ्य बिमासँगै आधारभूत स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने तयारी गरेको जनाएको छ ।

वि.सं.२०८३ साउन २६ मंगलवार ०८:४८ मा प्रकाशित

कांग्रेस संस्थापन इतर समूहद्वारा राष्ट्रिय भेलाको तयारी तिब्र, गरियो स्थानीय तहसम्मै पत्राचार

कांग्रेस संस्थापन इतर समूहद्वारा राष्ट्रिय भेलाको तयारी तिब्र, गरियो स्थानीय तहसम्मै पत्राचार

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको आन्तरिक सुदृढीकरण...

फेरि बढ्यो अण्डाको मूल्य

फेरि बढ्यो अण्डाको मूल्य

चितवन । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन्...

सुक्खा पहिराले घारखोला जलविद्युत् आयोजनाको विद्युत्मा क्षति : एक बेपत्ता, एक जना घाइते

सुक्खा पहिराले घारखोला जलविद्युत् आयोजनाको विद्युत्मा क्षति : एक बेपत्ता, एक जना घाइते

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको...

देशैभरी मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

देशैभरी मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

प्रतिनिधिसभाको बैठक बस्दै, यी हुन् कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै, यी हुन् कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न...

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौँ । बाँदर र बँदेलबाट कृषि बालीमा क्षति बढ्दै गएपछि...