back
CTIZAN AD

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

वि.सं.२०८३ साउन २९ शुक्रवार

69 

shares

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही सदस्यहरू संलग्न रहेको भनिएको मानव तस्करी तथा आप्रवासनसम्बन्धी ठगीका आरोपप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

एनआरएनए क्यानडामा रहेको व्यक्तिले परिवार र बच्चालाइ क्यानडा ल्याइदिन्छु भन्द्र ठगि गरेको भन्ने खबर सार्वजनिक भएपछि संस्थाले आधिकारी धारणा सार्वजनिक गरेको हो । संघले यस विषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै गैरकानुनी, अनैतिक वा आपराधिक गतिविधिमा संलग्न कुनै पनि व्यक्ति वा समूहसँग आफ्नो पूर्ण असम्बद्धता रहेको स्पष्ट पारेको छ।

एनआरएनए क्यानडाले संस्थाको नाम, पद, पहुँच वा सामाजिक तथा सांस्कृतिक कार्यक्रममा भएको उपस्थितिको दुरुपयोग गरी व्यक्तिगत स्वार्थका लागि कानुनविपरीत कार्य गर्ने जोसुकैको गतिविधिको कडा भर्त्सना गरेको छ। त्यस्ता गतिविधिमा संस्था वा संस्थासँग आबद्ध व्यक्तिको नाम दुरुपयोग भएको भए त्यसप्रति समेत छानबिन हुनुपर्ने संघको भनाइ छ।

संघले यस्ता घटनाबाट प्रभावित तथा पीडित व्यक्तिहरूप्रति संवेदनशील रहेको जनाउँदै कानुनी रूपमा प्रमाणित पीडितको न्याय, सुरक्षा र कानुनी अधिकारका लागि आवाज उठाउने प्रतिबद्धता जनाएको छ। साथै, क्यानडाका स्थानीय तथा संघीय सुरक्षा निकायलाई यस्ता घटनाको निष्पक्ष छानबिन गर्न आग्रह गरेको छ।

उजुरी परेमा दोषीलाई कानुनी दायरामा ल्याउने तथा अभियोजनको प्रक्रियामा क्यानेडियन प्रशासनलाई आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता पनि संघले व्यक्त गरेको छ। क्यानडामा वैधानिक र सुरक्षित बसोबास सुनिश्चित गर्न तथा आप्रवासनसम्बन्धी ठगीबाट जोगिन संघले नेपाली समुदायलाई सचेत रहन अपिल गरेको छ।

कुनै व्यक्ति आप्रवासन ठगी वा मानव तस्करीको चपेटामा परेको भए क्यानडा सरकारका सम्बन्धित आधिकारिक निकायमा तत्काल उजुरी गर्न संघले आग्रह गरेको छ। संघका अनुसार यस्ता उजुरी विभिन्न भाषामा गर्न सकिने र अधिकांश हटलाइन सेवा २४ घण्टा उपलब्ध हुनेछन्।

एनआरएनए क्यानडाले श्रमिक वा अन्य व्यक्तिबाट गैरकानुनी रूपमा रकम असुल गर्ने, शोषण गर्ने वा मानव तस्करीमा संलग्न व्यक्तिले आपराधिक आरोप, जरिवाना, जेल सजाय वा सम्बन्धित इजाजतपत्र खारेजीजस्ता कानुनी कारबाही सामना गर्नुपर्ने चेतावनीसमेत दिएको छ।

संघका प्रवक्ता तिलाराम सापकोटाद्वारा जारी विज्ञप्तिमा नेपाली समुदायको प्रतिष्ठामा आँच पुर्‍याउने गैरकानुनी गतिविधिमा संलग्न जोसुकैलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिइएको छ। संघले आपराधिक गतिविधिलाई निरुत्साहित गर्न र नेपाली समुदायको प्रतिष्ठा उच्च राख्न सबैलाई एकजुट हुन आह्वान गरेको छ।

वि.सं.२०८३ साउन २९ शुक्रवार १२:५१ मा प्रकाशित

प्रधानमन्त्री बालेन शाह : ‘हामीलाई विश्वास छ, यो विपद्बाट चाँडै उठ्नेछौँ’

प्रधानमन्त्री बालेन शाह : ‘हामीलाई विश्वास छ, यो विपद्बाट चाँडै उठ्नेछौँ’

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले नेपालले भोगिरहेको विपद्बाट मुलुक चाँडै...

भोटेकोसी क्षेत्रमा खोज तथा उद्धार तीव्र, ३ हजार ९ सय ३५ जनाको उद्धार

भोटेकोसी क्षेत्रमा खोज तथा उद्धार तीव्र, ३ हजार ९ सय ३५ जनाको उद्धार

काठमाडौँ । भोटेकोसी तथा आसपासका बाढी–पहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाले...

बाढी पीडित राहत : ६०० वाईसीएल अग्रभागमा

बाढी पीडित राहत : ६०० वाईसीएल अग्रभागमा

काठमाडौँ । आपत विपद्मा नागरिकको साथ र सहयोगमा जुट्दै आएको...

राज्यले सहयोग नचाहेको कांग्रेसको गुनासो

राज्यले सहयोग नचाहेको कांग्रेसको गुनासो

काठमाडौं । नेपाली कांग्रेसले भोटेकोशी विपत्तिमा आफ्ना जनप्रतिनिधिहरू राहत तथा...

बोेल्दा बोल्दै संसद्को सभाकक्षमा लडे सासद खड्का

बोेल्दा बोल्दै संसद्को सभाकक्षमा लडे सासद खड्का

काठमाडौँ ।  नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्का संसद्को सभाकक्षमा लडेका...

यस्तो छ – प्रधानमन्त्तीसँगको भेटमा नेता वर्षमान पुनले बुझाएको १८ बुँदे सुझाव

यस्तो छ – प्रधानमन्त्तीसँगको भेटमा नेता वर्षमान पुनले बुझाएको १८ बुँदे सुझाव

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाली कम्युनिष्ट पार्टीका नेता तथा...