back
CTIZAN AD

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

वि.सं.२०८३ साउन ३१ आइतवार

21 

shares

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला ग्यास विक्रेता महासङ्घ नेपालले उद्योग तथा विभिन्न नामका बिक्री केन्द्रबाट हुँदै आएको प्रत्यक्ष ग्यास बिक्री तत्काल रोक्न सरकारसँग माग गरेको छ । महासङ्घका अध्यक्ष ज्ञानेश्वर अर्यालले प्रभावकारी वितरण प्रणाली (विक्रेतारडिलर) लाई पन्छाएर उद्योग र विभिन्न केन्द्रमार्फत आफैँ ग्यास बेच्ने निर्णयले अभावलाई झन् जटिल बनाएको र उपभोक्ताले अनावश्यक सास्ती खेप्नुपरेको बताउँदै त्यस्तो अभ्यास तत्काल बन्द गर्न माग गरेका हुन् ।

एकातिर विक्रेतालाई ग्यास नदिने र अर्कातिर अनुगमनको बहानामा दुःख दिने सरकारी रवैयाका कारण बजार भद्रगोल बनेको महासङ्घको ठहर छ । महासङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सरकार, उद्योग र बिक्री केन्द्रका नामबाट आफैँ ग्यास बिक्री गर्ने तथा अनुगमनका नाममा आम विक्रेतालाई अनावश्यक दुःख दिने सरकारी रवैयाप्रति ग्यास विक्रेता महासङ्घ घोर आपत्ति प्रकट गर्दछ ।’

महासङ्घले तत्काल ग्यास उद्योग र विभिन्न नामका बिक्री केन्द्रहरू बन्द गरी विक्रेतामार्फत मात्र बिक्री९वितरण सहज बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । डिलरमार्फत वितरण प्रणाली व्यवस्थित गरे मात्र उपभोक्ताले भोगिरहेको सास्ती अन्त्य हुने र वास्तविक समस्या समाधान हुने महासङ्घको दाबी छ । यसका साथै विगत चार महिनामा करिब ६० हजार टन ग्यास कम आयात भएको तथ्याङ्क पनि महासङ्घले सार्वजनिक गरेको छ ।

बजारमा आवश्यकताभन्दा बढी (करिब ८० लाख) नयाँ सिलिन्डर छरिएकाले अहिलेको स्थिति सिर्जना भएको विज्ञप्तिमा उल्लेख छ । अहिले पनि नयाँ सिलिन्डर बिक्री नरोकिएको भन्दै महासङ्घले यसलाई तत्काल नियन्त्रण नगरिए आगामी वर्षहरूमा ग्यास अभावको समस्या झन् विकराल बन्ने चेतावनी दिएको छ । सम्बन्धित निकाय नेपाल आयल निगम, वाणिज्य मन्त्रालय र सरकारले वास्तविक समस्या समाधान गर्नुको सट्टा अनावश्यक प्रचारबाजी मात्र गरिरहेको महासङ्घको आरोप छ ।

वि.सं.२०८३ साउन ३१ आइतवार १७:३४ मा प्रकाशित

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

कर्णाली । कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका पहिरो...

‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ’

‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ’

काठमाडौँ  । ग्यास बिक्रेता महासङ्घ नेपालले बिक्रेतामार्फत ग्यासको बिक्री वितरण...

कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेला सम्पन्न, यस्तो छ पारित पाँच प्रस्ताव

कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेला सम्पन्न, यस्तो छ पारित पाँच प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आयोजना गरेको तीनदिने राष्ट्रिय...