back
CTIZAN AD

सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक

वि.सं.२०८३ साउन १३ बुधवार

45 

shares

काठमाडौँ । सरकारले सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीलाई प्रभावकारी, पारदर्शी, उत्तरदायी र नतिजामुखी बनाउने उद्देश्यले तेस्रो सार्वजनिक वित्तीय व्यवस्थापन सुधार राष्ट्रिय रणनीति (२०८३–२०८७) को कार्यान्वयन कार्ययोजना सार्वजनिक गरेको छ ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको कार्ययोजनामा रणनीतिमा समावेश सुधारका कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न जिम्मेवार निकाय, कार्यसम्पादनका चरण, समयसीमा, अपेक्षित उपलब्धि, कार्यसम्पादन सूचक तथा प्रमुख उपलब्धिका आधार निर्धारण गरिएको छ ।

कार्ययोजना मन्त्रालय, विभाग, आयोग, कार्यालय तथा अन्य सरोकार भएका निकायको सहभागिता र परामर्शका आधारमा तयार गरिएको दस्तावेजमा जनाइएको छ । सम्बन्धित निकायबाट प्राप्त सुझाव तथा रायलाई समेटेर कार्ययोजनालाई अन्तिम रूप दिइएको जनाइएको छ ।

कार्ययोजनाले सार्वजनिक वित्तीय व्यवस्थापन सुधारका गतिविधिको कार्यान्वयनका लागि स्पष्ट मार्गचित्र तयार गर्नुका साथै प्रत्येक गतिविधिको जिम्मेवार निकाय, कार्यान्वयन अवधि र अपेक्षित नतिजा निर्धारण गरेको छ । सुधार कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि संस्थागत समन्वय, स्वामित्व र जवाफदेहितालाई महत्व दिइएको छ ।

कार्ययोजनाको प्रभावकारी कार्यान्वयन तथा नियमित अनुगमनका लागि अर्थ मन्त्रालयले अनुगमन, मूल्याङ्कन तथा सिकाइ योजना (२०८३–२०८७) पनि तयार गरेको छ । उक्त योजनाअनुसार नतिजा श्रृङ्खला, कार्यसम्पादन सूचक, तथ्याङ्कका स्रोत, प्रतिवेदन प्रणाली तथा संस्थागत सिकाइका माध्यमबाट सुधार कार्यक्रमको प्रगति मापन गरिनेछ ।

कार्ययोजनाले सार्वजनिक वित्तीय व्यवस्थापन सुधारका कार्यक्रमलाई नतिजामुखी बनाउनुका साथै प्रगतिको नियमित अनुगमन, मूल्याङ्कन तथा जवाफदेहिता सुनिश्चित गर्ने लक्ष्य लिएको छ । सरकारले यसबाट सार्वजनिक स्रोतको प्रभावकारी परिचालन, वित्तीय अनुशासन, सुशासन तथा सार्वजनिक सेवा प्रवाहमा सुधार आउने अपेक्षा गरिएको जनाएको छ ।

वि.सं.२०८३ साउन १३ बुधवार १२:०५ मा प्रकाशित

कपिलवस्तुमा ट्रकको ठक्करबाट बालकसहित तीन जनाको मृत्यु

कपिलवस्तुमा ट्रकको ठक्करबाट बालकसहित तीन जनाको मृत्यु

कपिलवस्तु, । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ गैडहवास्थित बहादुरगञ्ज–तौलिहवा हुलाकी सडकखण्डमा ट्रकको...

संवाद र सहमतिबाट परिस्थितिलाई सहज बनाऔँ : संयोजक दाहाल

संवाद र सहमतिबाट परिस्थितिलाई सहज बनाऔँ : संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवाद,...

नेपालमा बाघको सङ्ख्या ४२९

नेपालमा बाघको सङ्ख्या ४२९

काठमाडौँ । पछिल्लो गणनाअनुसार नेपालमा बाघको सङ्ख्या ४२९ पुगेको छ...

क्यान्सर अस्पतालमा ‘किमो’ लगाउने बिरामीको चाप

क्यान्सर अस्पतालमा ‘किमो’ लगाउने बिरामीको चाप

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा शय्या र जनशक्तिका...

एकै दिन विपद्का ४२ घटना, तीन जनाको मृत्यु

एकै दिन विपद्का ४२ घटना, तीन जनाको मृत्यु

काठमाडौँ । एकै दिन देशका विभिन्न भागमा विभिन्न प्रकारका विपद्का...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ...