back
CTIZAN AD

देशमा रहेका अभिभावकलाई छोराको पत्र, ‘यसकारण तारामा भोट हाल्नुस्’

सन्दर्भ फागुन २१ गतेको निर्वाचन

वि.सं.२०८२ माघ १३ मंगलवार

9.7K 

shares

देशमा चुनाव नजिकीएको छ । हामी धेरै नेपाली युवा बिदेशमा छाैं । यो पटक पनि हामी मतदानको अवसरबाट बंचित हुन पर्ने अवस्था छ । देशमा नयाँ र पुराना राजनैतिक शक्ति भनिने बिच टकराव छ । पुराना रुपान्तरण नभएको कारण नयाँमा आकर्षण बढेको जस्तो त छ तर गतब्य प्रष्ट छैन । यस्तो बेला आफूले मतदिन नपाएपनि आफना अभिभावकलाई निकै बिचार पुयाएर मतको सदुपयोग गर्न अनुरोध गर्दछु ।

चुनाव नजिकिँदै गर्दा, म एउटा युवा नेपालीका रूपमा विदेशबाट देशको राजनीतिक वातावरण हेर्दा मन भारी भएको छ । बिदेशमा १६ घण्टा बढि काम गरेर आफ्नो परिवार पाल्दै आएको दुःख सुखको अनुभव छ, तथापी देशको भविष्यप्रति चिन्ता अझै गहिरो छ । देशको भाग्य व्यवस्थापन गर्ने प्रणाली राजनीति हो । तर हाम्रो देश सहि लिकमा रहेको छैन । आजका युवा पुस्तालाई हेर्दा, हाम्रो संस्कार, संस्कृति र अनुशासन बिर्सिँदै गएको जस्तो देखिन्छ । राजनीतिलाई सेवा होइन, व्यापार ठानेका केही नेताहरूले देशप्रतिको माया बिर्सेका कारण अराजकता निकै बढे । राजनीतिक अभियन्ताहरूका प्राथमिकता केवल सम्पत्ति र पैसामा केन्द्रित छन् ।

लोकतन्त्र वा गणतन्त्रको सौन्दर्यता देश अनुकुलको निर्वाचन प्रणाली र चुनाव नै हो । अहिले देशमा फेरि चुनाव नजिकिँदैछ । सञ्जालका सडकहरूमा पोस्टर टाँसिएका छन्, नाराहरू गुञ्जिरहेका छन्, जनताको मनमा आशा र आशंकाको तरंग एकैचोटि उठिरहेको छ । तर म जस्तै धेरै युवा आज यी सबै दृश्यहरूको प्रत्यक्षबाट टाढा, छौं । परदेशको एकान्त कोठामा बसेर देशको भविष्यबारे गहिरो सोचमा डुबेका छौं । हामी नेपाली हौ तर आज मत हाल्न नपाउने नेपाली बनेका छौं । अरु देशका युवाहरु पनि यहाँ छन उनीहरुले मजाले मताधिकार पाएका छन । यही यथार्थले मलाई भित्रैदेखि पोलिरहेको छ । मतदान अधिकार केवल कागजी अधिकार होइन, यो नागरिक हुनुको गर्व हो तर त्यो गर्वबाट बञ्चित हुनु एक किसिमको मौन पीडा हो ।

मतदान गर्दा भावनामा होइन, विवेकमा टेकेर निर्णय गर्नुहोस् । लोभ, डर र झूटा नाराभन्दा माथि उठेर देश, जनता र भावी पुस्ताको हितलाई सम्झनुहोस् । किनकि आजको एउटा गलत निर्णय भोलिको पुस्ताले आँसुमा भोग्नुपर्ने हुन सक्छ, र आजको एउटा सही निर्णय देशलाई उज्यालोतर्फ डो¥याउने दीप बन्न सक्छ ।

हामी धेरै नेपाली युवा आज रोजगारी, अध्ययन र जीवनका बाध्यताले देश छोडेर परदेशिन बाध्य भएका छौँ । तर देश छोड्दा देशप्रेम त्यागेर गएका छैनौँ । हाम्रो मन अझै पनि नेपाली माटोकै सुवासले भरिएको छ । बाबु आमाकै मायाले धड्कन चलेको छ । आज देशमा“नयाँ” र “पुराना” भनिने राजनीतिक शक्तिहरूबीच तीव्र टकराव देखिन्छ । पुरानाले आफूलाई समयअनुसार रूपान्तरण गर्न नसकेको आरोप खेपिरहेका छन्, र नयाँप्रति जनताको आकर्षण बढ्दो छ, तर त्यसको गन्तव्य अझै स्पष्ट देखिँदैन । यस्तो अन्योलको समयमा जनताको एउटा मतको मूल्य पहिलाभन्दा झनै ठूलो बनेको छ । हामी आफैँ मत हाल्न नपाउँदा आफ्ना अभिभावक र देशवासीप्रति एउटै आग्रह गर्न चाहन्छौ की मतदान गर्दा भावनामा होइन, विवेकमा टेकेर निर्णय गर्नुहोस् । लोभ, डर र झूटा नाराभन्दा माथि उठेर देश, जनता र भावी पुस्ताको हितलाई सम्झनुहोस् । किनकि आजको एउटा गलत निर्णय भोलिको पुस्ताले आँसुमा भोग्नुपर्ने हुन सक्छ, र आजको एउटा सही निर्णय देशलाई उज्यालोतर्फ डो¥याउने दीप बन्न सक्छ ।

हामी परदेशमा छौं तर हाम्रो मन हरेक पल नेपालमै छ । हाम्रो पसिना यहाँ झर्छ, तर त्यसको आशा र सपना सधैँ नेपाली माटोमै उम्रन चाहन्छ । मत हाल्न नपाएको पीडासँगै हामी यो आशा पनि बोकेर बाँचिरहेको छौ की हाम्रोे देशका मतदाताहरू आफ्नो मतको मूल्य बुझ्नेछन् र सही निर्णयमार्फत देशलाई सही दिशामा लैजानेछन् । देश जोगिनु भनेको माटो जोगिनु मात्र होइन, भविष्य जोगिनु हो । र त्यो भविष्य आजको चुनावसँग गाँसिएको छ ।

हामीले आफै अनुभुत गर्न नपाए पनि २००७ सालको क्रान्ति, २०१७ को कु, २०२८ दखि झापााट चलेको वर्गसंघर्ष, पञ्चायत विरुद्धका आन्दोलन र २०४६ को पहिलो विद्रोह, २०५२ देखि चलेको एैतिहासीक जनयुद्ध र त्यसको जगमा बिकसित २०६२ ६३ को दोस्रो जनआन्दोलन, २०६५ मा प्राप्त गणतन्त्र र २०७२ मा प्राप्त संबिधान सम्मका प्रयास समाज रुपान्तरणका हिसावले योगदान नै हुन् । तर उपलब्धि ब्यबस्थापनसहित जनताको अवस्थामा खास परिवर्तन ल्याउन नसकिएको, कतिपय पुराना पार्टीका ठूला नेताहरु ब्यक्तिवादी, परिवारवादी, स्वेच्छाचारी र भ्रष्टाचारी हुन पुगेको, अहंकार बढेर जेन्जी आन्दोलनको वातावरण तयार भएको, सिंहदरवार जलाउछु भन्नेहरु र जनताको सहकारी घोटाला गरी प्रदुषित राजनीति बढाएको अवस्था छ । अहिले निर्वाचनमा यीनैहरुको तामझाम देखिएको छ ।

२०७० देखि डा. बाबुराम भटराईले बहश गरेको बैकल्पिक शक्ति र रविन्द्र मिश्रहरुले शुरु गरेको अभियान हुदै साझा विवकशिल सम्म हामीले राम्रोसग हेर्न पाएका छौ । २०७०, २०७४ र ७९ मा नयाहरुलाई हामीले सघाउदै र मत दिदै आयौ । घरमा भएका बा आमासँग बालेन र रविहरुलाई बिदेशबाटै भोट मागेर हाईहाई बनायौ तर परिणाम डढेलो, बेथीति र अराजकता ब्यहोयौं । नेपाली जनताको त्याग र बलिदानीबाट प्राप्त अधिकार सुरक्षा गरेर युग सुहाउँदो राजनैतिक सभ्यता बिकास गर्न चुकेपनि तत्कालिन नेकपा (माओवादी केन्द्र) अर्थात् हालको एकिकृत नेपाली कम्युनिष्ट पार्टीले राष्ट्रियता, जनतन्त्र र जनजीवीकाका बिषयमा आफनो ईमान र प्रतिबद्धता तुलनात्मक रुपमा कायम गरेको छ । १८ घण्टे लोडसेडिङ्गबाट मुक्त पार्नु, राष्ट्रिय गौरवका आयोजना थप्दै जानु, शुसासन र सामाजिक न्यायका पक्षमा प्रचण्ड र नारायणकाजीहरुको सकरात्मकता रहनु आदीले भईरहेका राजनैतिक दलमा अलिकति राम्रो मान्न पर्दछ । निश्चय पनि नेकपा र सो दल तथा नेताका कमजोरी देश दुनियामा प्रष्टै छन् तर खराव भन्दा कम खराव, कम खराव भन्दा सामान्य र सामान्य भन्दा असल मन पराउने मानवीय तुलनाका हिसावले नेपाली कम्युनिष्ट पार्टी र उसको चुनाव चिन्ह तारामा मतदान गर्नु यो पटक न्यायोचित देखिन्छ । प्रवासमा भएपनि, यो पटक मत दिन नपाए पनि बा आमा लगायत सबै अभिभावकलाई तारामा मतदान गर्न हार्दिक अपिल गर्दछु ।

 

वि.सं.२०८२ माघ १३ मंगलवार १२:०० मा प्रकाशित

खाद्यवस्तुमा फर्मालिनको प्रयोग आम उपभोक्ताको स्वास्थ्यसँग खेलवाड

खाद्यवस्तुमा फर्मालिनको प्रयोग आम उपभोक्ताको स्वास्थ्यसँग खेलवाड

आजको आधुनिक युगमा मानिसको जीवनशैली जति सहज बन्दै गएको छ,...

वाम आन्दोलनको पुनर्जागरणका लागि ३४ आधारहरु

वाम आन्दोलनको पुनर्जागरणका लागि ३४ आधारहरु

अहिले नेपाली कम्युनिस्ट पार्टी र एमाले विच प्रदेश स्तरमा सहकार्य...

मनोगत लक्षण विश्लेषण र सर्वसाधारण जनताका चुनौती

मनोगत लक्षण विश्लेषण र सर्वसाधारण जनताका चुनौती

मनोवैज्ञानिक र सामाजिक विशेषताका आधारमा मानिसहरूको वर्गीकरण गर्ने तरिका नै...

सुशासन, असल शासनको अभ्यास

सुशासन, असल शासनको अभ्यास

काठमाडौँ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ ले मुलुकको...

जिर्ण कोशीब्यारेज बगाउने खतराः जनजिविकामा गम्भीर चुनौती

जिर्ण कोशीब्यारेज बगाउने खतराः जनजिविकामा गम्भीर चुनौती

कोशी ब्यारेजको निर्माण भएको बेला जति स्थानीय नेपाली जनता र...

संज्ञानात्मक द्वन्द्व र नेपालको राजनीति: मनोविज्ञान, विचार र व्यवहार

संज्ञानात्मक द्वन्द्व र नेपालको राजनीति: मनोविज्ञान, विचार र व्यवहार

कुनै पनि व्यक्तिमा आफ्ना विश्वास (beliefs), मूल्य (values), दृष्टिकोण (attitudes)...