back
CTIZAN AD

प्रतिनिधिसभाः असार अगावै कृषि क्षेत्रका समस्या समाधान गर्न सांसदको माग

वि.सं.२०८३ जेठ ७ बिहीवार

402 

shares

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले असार आउन लागिसके पनि कृषि क्षेत्रका समस्या समाधान नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद सन्दीप रानाले किसानले धानको ब्याड राख्ने बेला भइसक्दा पनि सिञ्चाइ योजना अलपत्र भएको बताए । सुरु गरिएका सिञ्चाइ योजना शीघ्र सम्पन्न गरिनुपर्नेमा उनले जोड दिए । कृषिलाई निर्वाहमुखी मात्र नभई निर्यातमुखी बनाउने गरी बजेट व्यवस्था गर्न सांसद रानाले माग गरे ।

सासद समिना मियाँले विद्युतीय चुरोट भेपको टक्सिनले मानसिक स्वास्थ्यमा असर गर्ने भएकाले यसको अवैध आयातमा रोक लगाउन माग गरिन् । सांसद समीक्षा बास्कोटाले भारतमा चिया निर्यात गर्नका लागि सरकारले पहल गर्नुपर्नेमा जोड दिए । उनले चिया निर्यातको दीर्घकालीन समस्या समाधानका लागि पहल गर्न माग गरिन् ।

सांसद सरस्वती लामाले धादिङबाट रसुवा जाने सडकका साथै धादिङका विभिन्न स्थानका सडकको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद सरिता महतोले अटिजम, डाउन सिन्ड्रोमलगायत समस्या भएका बालबालिकाको समस्यातर्फ गम्भीर बन्न सरकारसँग माग गरिन् ।

सांसद सागर भुसालले कालीगण्डकी जलाशय योजना छिटो सुरु गर्न माग गर्नुभयो । सुन्तला उत्पादनमा अग्रणी पर्वतलाई पकेट क्षेत्र घोषणा गर्न माग गर्दै उनले पर्वतका ्धार्मिक, सांस्कृतिक स्थलमा पर्यटन प्रवद्र्धन गर्न पूर्वाधार विकास गरिनुपर्ने बताए ।

सांसद साजिदा खातुत सिद्धिकीले दाङको टरिगाउँ क्षेत्रको सडकको समस्या समाधान गर्न माग गरे । सांसद सीताराम साहले डिजिटल नेपालको नीतिमा अघि बढिरहँदा टेलिफोन सेवा भरपर्दो बनाउन माग गरे । सांसद सिर्जना श्रेष्ठले सुनसरीका अव्यवस्थित बसोबासीका समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।

सांसद सीता थपलियाले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुर्खेतमा बनाइएको रङ्गशाला अहिले गौचरणमा परिणत भएकाले संरक्षण गर्नुपर्ने बताए । राष्ट्रिय खेलकुद प्रतियोगिता रोकिएको चार वर्ष भएकाले तत्काल गर्नुपर्नेमा उनले सरोकारवाला निकायको ध्यानाकर्षण गराए ।

सांसद सुजाता तामाङले सरकारले विभिन्न घातक विषादीमाथि प्रतिबन्ध लगाए पनि विभिन्न बाटोबाट विषादी बिक्रीवतरण भइरहेकोतर्फ सरकारको ध्यानाकर्षण गराईन् । सांसद सुनिल केसीले जेनजी आन्दोलनका कारण प्रहरीको एक हजार ६२ सवारीसाधन क्षति भएकाले बिमा गरिएकाको भुक्तानी छिटो दिने व्यवस्था मिलाउन माग गरिन् ।

सांसद सुम्निमा उदासले ग्रे लिस्टमा परेको नेपाललाई छिटो गरी यसबाट मुक्त गराउन माग गरिन् । सांसद सुरेशकुमार चौधरीले बाँकेमा अन्तरराष्ट्रिय महिला क्रिकेट मैदान अधुरो भएकाले छिटो निर्माण सम्पन्न गर्न माग गर्नुभयो । बाँकेका अधुरा खानेपानी आयोजना पूरा गरिनुपर्नेमा उनले जोड दिए ।

वि.सं.२०८३ जेठ ७ बिहीवार १४:४४ मा प्रकाशित

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

काठमाडौं । नेपाल बुद्धिजीवी संगठनले भोटेकोशी नदीमा आएको भीषण बाढी...

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पहिरोको जोखिम बेलैमा पहिचान...

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

नारायणगढ ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी...

नाइमाद्वारा ५० लाख सहयोग

नाइमाद्वारा ५० लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार...

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

हेटौँडा ।  पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर...

हराइरहेका मधेस प्रदेशका  ३० जना सम्पर्कमा

हराइरहेका मधेस प्रदेशका  ३० जना सम्पर्कमा

जनकपुरधाम । रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३०...