back
CTIZAN AD

प्रतिनिधिसभाः यार्सा खोज्ने क्रममा लेक लागेर बिरामी परेका युवाको उद्धार गर्न माग

वि.सं.२०८३ जेठ ७ बिहीवार

420 

shares

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद ऐन महरले बझाङको सुर्मा गाउँपालिकाको उच्च हिमाली क्षेत्रमा यार्सागुम्बा सङ्कलनका क्रममा लेक लागेर गम्भीर बिरामी परेका २२ वर्षीय प्रेम बोहराको तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकमा समय लिएर उनले बताए, “बिरामीलाई त्यस क्षेत्रबाट बोकेर ल्याउने अवस्था छैन, तत्काल ज्यान जाने खतरा छ, उहाँको तुरुन्त उद्धार गरी जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।”

बझाङको सुर्मा गाउँपालिका–१ का बोहरा केही दिन अघि सोही गाउँपालिकाको पाँच हजार मिटर माथिको क्षेत्रमा यार्सागुम्बा सङ्कलन गर्न गएका थिए । उनी आज लेक लागेर गम्भीर बिरामी भएका े सांसद महरले जानकारी दिए ।

क्यान्सरको औषधि अभाव

बैठकमा कांग्रेस सांसद गङ्गालक्ष्मी अवालले क्यान्सर बिरामीको उपचारमा आवश्यक कार्गोप्लाटिन औषधिको देशभर अभाव भइरहेको र बिरामीलाई उपचार नगरी घर फर्काउने गरेको दृष्टान्त सुनाउँदै यथाशीघ्र सो औषधि उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए ।

वि.सं.२०८३ जेठ ७ बिहीवार १४:३१ मा प्रकाशित

अफ्रिकाका नेपालीले मातृभूमिको पीडामा सहयोग गर्न एक करोडभन्दा बढी राहत जुटाउँदै

अफ्रिकाका नेपालीले मातृभूमिको पीडामा सहयोग गर्न एक करोडभन्दा बढी राहत जुटाउँदै

लागोस, नाइजेरिया । नेपालमा आएको बाढीबाट प्रभावित नागरिकका लागि अफ्रिकामा...

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

काठमाडौं । नेपाल बुद्धिजीवी संगठनले भोटेकोशी नदीमा आएको भीषण बाढी...

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पहिरोको जोखिम बेलैमा पहिचान...

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

नारायणगढ ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी...

नाइमाद्वारा ५० लाख सहयोग

नाइमाद्वारा ५० लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार...

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

हेटौँडा ।  पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर...