back
CTIZAN AD

२०० एमपी ट्राभल पोट्र्रेट फ्ल्यागशिप: भिभो भी ७० एफई नेपाली बजारमा, किन्ने होइन त शून्य प्रतिशत ईएमआईमा

वि.सं.२०८३ जेठ ७ बिहीवार

381 

shares

काठमाडौँ । भिभोा नेपालले नेपाली बजारमा आफ्नो नयाँ २०० मेगापिक्सेल ट्राभल पोट्र्रेट फ्ल्यागशिप स्मार्टफोन भिभो भि ७० एफई सार्वजनिक गरेको छ ।

ट्राभल पोट्र्रेट यो स्मार्टफोनले यात्रा तथा जीवनका रमाईला पलहरुलाई उत्कृष्ट रूपमा कैद गर्न चाहने प्रयोगकर्तालाई लक्षित गर्दै कम्पनीले यो स्मार्टफोन सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार भिभो भि ७० एफइको मूख्य विषेशता भनेको २०० मेगापिक्सेल ओआईएस अल्ट्रा–क्लियर क्यामेरा हो । जसले यात्रा, प्राकृतिक दृश्य तथा समूह तस्बिरहरूलाई उच्च गुणस्तरसहित कैद गर्न सक्षम बनाउँछ । यससँगै ३२ मेगापिक्सेल एचडी सेल्फी क्यामेराले फराकिलो फिल्ड अफ भ्यू प्रदान गर्दै ग्रुप सेल्फी तथा भिडियो कल अनुभवलाई थप सहज बनाउने कम्पनीको दाबी छ ।

कम्पनीका अनुरसार स्मार्टफोनमा अगाडि र पछाडि दुवै क्यामेरामा ४के स्टेबल भिडियो रेकर्डिङ सुविधा उपलब्ध रहेको जनाइएको छ । कम्पनीले नयाँ एआई इमेजिङ फिचरहरू पनि समावेश गरेको जनाएको छ । एआई म्याजिक ल्याण्डस्केप, सिग्नेचर स्नो टोन तथा अरोरा इफेक्टजस्ता फिचरले सामान्य दृश्यलाई पनि आकर्षक सिनेमाटिक फ्रेममा रूपान्तरण गर्न सहयोग गर्ने बताइएको छ ।

डिजाइनका हिसाबले पनि भिभो भि ७० एफइलाई प्रिमियम स्मार्टफोनका रूपमा प्रस्तुत गरिएको कम्पनीले जनाएको छ । ओसियन ब्लु र म्युज पर्पल रंग विकल्पमा उपलब्ध यो स्मार्टफोनमा डायनामिक रिङ डिजाइन, अल्ट्रा–थिन फ्ल्याट स्क्रिन तथा पातलो बेजल समावेश गरिएको छ ।

त्यस्तै फोनमा ७,००० एमएएच क्षमताको ब्लुभोल्ट ब्याट्री र ९० वाट फ्ल्यासचार्ज प्रविधि रहेको छ । कम्पनीका अनुसार यसले लामो समयसम्म ब्याट्री ब्याकअपका साथै छिटो चार्जिङ सुविधा प्रदान गर्छ । साथै, १.५के इन्फिनिटी एमोलेड डिस्प्लेले फोटो तथा भिडियो सामग्रीलाई जीवन्त र प्राकृतिक रंगसहित प्रस्तुत गर्ने दाबी गरिएको छ ।

भिभो भी ७० एफईमा दुई भेरियन्टमा उपलब्ध छ । भिभो भी ७० एफई (८ जीबी + २५६ जीबी) को मूल्य ६२ हजार ९ सय ९९ र १२ जीबी + २५६ जीबीको मूल्य ७२ हजार ९ सय ९९ तोकिएको छ। स्मार्टफोन नेपालभरका भिभो रिटेल स्टोरहरू तथा दराज अनलाइन प्लेटफर्म मार्फत खरिदका लागि उपलब्ध छ ।

साथै कम्पनीले प्रारम्भिक ग्राहकका लागि विशेष अफरहरू पनि ल्याएको छ । पहिलो १,००० ग्राहकले एन्कर साउन्डकोर पी २० आई इयरबड्स निःशुल्क प्राप्त गर्नेछन् । त्यस्तै, पहिलो २,००० ग्राहकका लागि रु १९९ मा त्यसैगरी, भिभोेले पहिलो २,००० ग्राहकहरूका लागि मात्र रु. १९९ मा भिभोे सिल्ड प्रोटेक्सन प्लान उपलब्ध गराएको छ जसमा ग्राहकले ६ महिनासम्म मान्य हुने एकपटकको स्क्रिन रिप्लेसमेन्ट र एकपटकको वाटर ड्यामेज प्रोटेक्सन सुविधा प्राप्त गर्नेछन् ।

ग्राहकले भिभो भी ७० एफइ लाई १२ महिनासम्मको शून्य प्रतिशत ब्याजदरको ईएमआई सुविधामार्फत पनि खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

वि.सं.२०८३ जेठ ७ बिहीवार १४:२० मा प्रकाशित

कांग्रेससँगको सत्ता सहकार्य अन्त्यसँगै बागमती प्रदेश सरकारबाट एमाले बाहिरिँदै

कांग्रेससँगको सत्ता सहकार्य अन्त्यसँगै बागमती प्रदेश सरकारबाट एमाले बाहिरिँदै

काठमाडौं । केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेबीचको सत्ता सहकार्य...

नयाँ पुस्तालाई नेता चन्द्र भण्डारीको सन्देश – एकैचोटि सबै गर्न खोज्दा सफलता टाढिन्छ

नयाँ पुस्तालाई नेता चन्द्र भण्डारीको सन्देश – एकैचोटि सबै गर्न खोज्दा सफलता टाढिन्छ

काठमाडौं । नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले नयाँ पुस्तालाई जीवन,...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

युवालाई कृषिमा आकर्षित गर्न सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता

युवालाई कृषिमा आकर्षित गर्न सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता

बागमती । हेटौँडा उपमहानगरपालिकाले युवा पुस्तालाई कृषिमा आकर्षित गर्ने लक्ष्यसहित...

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने तयारी

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने तयारी

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई...

आज देशैभरी भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

आज देशैभरी भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न...