back
CTIZAN AD

सालदुममा निःशुल्क स्वास्थ्य शिविर, ३५० विद्यार्थी प्रत्यक्ष लाभान्वित

वि.सं.२०८३ जेठ ३१ आइतवार

1.9K 

shares

धादिङ । नागार्जुन सिकाइ केन्द्र, सालदुमको आयोजनामा गङ्गाजमुना गाउँपालिका–४ स्थित सालदुममा एकदिने निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई स्वास्थ्य सेवा पहुँचमा सहजता प्रदान गर्ने उद्देश्यले आयोजित शिविरबाट करिब ३५० जना विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।

शिविरमा मङ्गलादेवी माध्यमिक विद्यालयतामाङखर्क माध्यमिक विद्यालयका विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो। साथै विद्यालयका शिक्षक, अभिभावक तथा स्थानीय समुदायका सदस्यहरूको समेत सक्रिय उपस्थिति रहेको आयोजकले जनाएको छ।

स्वास्थ्य परीक्षणका क्रममा केही विद्यार्थीहरूमा सामान्य उपचारभन्दा थप विशेषज्ञ तथा केन्द्रस्तरीय उपचार आवश्यक पर्ने स्वास्थ्य समस्या देखिएको स्वास्थ्यकर्मीहरूले जानकारी दिएका छन्। त्यस्ता विद्यार्थीहरूलाई आवश्यक परामर्श, सुझाव तथा थप उपचारका लागि सम्बन्धित स्वास्थ्य संस्थामा जान सिफारिस गरिएको थियो।

शिविरमा डा. किशन अधिकारी, डा. विपिन बस्याल तथा नर्स अस्मिता पाण्डे सहितको स्वास्थ्यकर्मी टोलीले विद्यार्थीहरूको स्वास्थ्य परीक्षण, निःशुल्क औषधि वितरण तथा स्वास्थ्यसम्बन्धी परामर्श सेवा प्रदान गरेको थियो। स्वास्थ्य जाँचसँगै व्यक्तिगत सरसफाइ, पोषण तथा स्वास्थ्य सचेतनासम्बन्धी जानकारी पनि प्रदान गरिएको थियो।

नागार्जुन सिकाइ केन्द्रका अध्यक्ष सिर्जन सिम्खडाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमले ग्रामीण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुर्‍याएको सहभागीहरूले बताएका छन्।

स्थानीय अभिभावक तथा समुदायका सदस्यहरूले यस्ता स्वास्थ्य शिविरले विद्यार्थीहरूको स्वास्थ्य अवस्थाबारे समयमै जानकारी प्राप्त गर्न तथा आवश्यक उपचारको पहुँच बढाउन सहयोग पुगेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका छन्।

स्वास्थ्य सेवा अभाव रहेका ग्रामीण क्षेत्रमा सञ्चालन गरिएका यस्ता पहलहरूले विद्यार्थीहरूको स्वास्थ्य संरक्षणका साथै समुदायमा स्वास्थ्यप्रति जागरूकता अभिवृद्धि गर्न सकारात्मक भूमिका खेल्ने अपेक्षा गरिएको छ।

वि.सं.२०८३ जेठ ३१ आइतवार ०९:०८ मा प्रकाशित

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

देवचुली । रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोमा परी नारायणी...

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोजी,...

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला । भोटेकोशी बाढीपीडितका प्रभावित नागरिकको उद्धार तथा राहतका लागि...

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

काठमाडौं । कानुनमन्त्री शोभिता गौतमले हरेक वर्ष दोहोरिइरहेका विपद्का घटनापछि...

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

ख्वप (भक्तपुर) । इतिहास एवं संस्कृतिविद् प्रा डा पुरुषोतमलोचन श्रेष्ठ...

टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय सम्झौता सम्पन्न

टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय सम्झौता सम्पन्न

काठमाडौं । नेपालमा प्रकाशन तथा प्रशारण हुने समाचार र सार्वजनिक...