back
CTIZAN AD

रास्वपा महाधिवेशनः उपभापतिमा डा वाग्ले, अन्यमा निर्वाचन

वि.सं.२०८३ असार १२ शुक्रवार

135 

shares

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो चरणको निर्वाचनका क्रममा खुला उपसभापतितर्फ डा स्वर्णिम वाग्लेको मात्र उम्मेदवारी परेको छ । अन्य पदका लागि भने आवश्यकताभन्दा बढी उम्मेदवारी परेपछि सहमतिको प्रयास सफल नभएमा निर्वाचन हुने भएको छ ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगले जारी गरेको उम्मेदवारको अन्तिम नामावली विवरणअनुसार एक महिला उपसभापति पदमा सोविता गौतम र डा तोसिमा कार्कीबीच प्रतिस्पर्धा हुनेछ ।

यसैगरी, एक महामन्त्री पदका लागि १० जनाको उम्मेदवारी परेको छ । रास्वपा निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटीसहित नेताहरू प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, मनिष झा, जगदीश खरेल (ललितपुर), रञ्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिनकुमार आचार्यको उम्मेदवारी परेको हो ।

दुई सहमहामन्त्री पदका लागि ११ जनाको उम्मेदवारी परेको छ । सहमहामन्त्रीमा रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असिम शाह, अशोककुमार चौधरी, मिलन लिम्बु, पुकार बम, राजीव खत्री, विजय जैरु, हरि ढकाल र हिमेश पन्तले उम्मेदवारी दिएका छन् ।

त्यस्तै, एक महिला सहमहामन्त्री पदमा जु्ली यादव, जमुना शर्मा, कामिनीकुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्मासहित पाँच जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।

दोस्रो चरणको निर्वाचनअन्तर्गत खुलातर्फ पार्टीको उपसभापतिबाहेक अन्य पदमा आवश्यकताभन्दा बढीको उम्मेदवारी परेकाले सहमतिको प्रयास भइरहेको सो पार्टीले जनाएको छ ।

यसअघि पहिलो चरणमा निर्वाचित ९९ केन्द्रीय सदस्यले मात्र दोस्रो चरणको निर्वाचन प्रक्रियामा भाग लिन पाउने व्यवस्था सो पार्टीमा रहेको छ ।

यसैबीच महामन्त्री पदमा उम्मेदवारी दिएका पार्टीका निवर्तमान महामन्त्री बुर्लाकोटी र नवनिर्वाचित केन्द्रीय सदस्य जगदीश खरेल (ललितपुर)ले आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन् ।

पार्टी निर्वाचन आयोगकका प्रमुख भुवन केसीले पदाधिकारी चयनका क्रममा सहमतिको प्रयास भइरहेको भन्ने जानकारी प्राप्त भएको तर आयोगका तर्फबाट भने आवश्यक तयारी भइरहेको बताए ।

वि.सं.२०८३ असार १२ शुक्रवार १२:४३ मा प्रकाशित

राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज सेमिफाइनका खेल हुँदै

राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज सेमिफाइनका खेल हुँदै

जनकपुरधाम । मधेस प्रदेशको राजधानी जनकपुरधाम र वीरगञ्जमा जारी निको...

पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते

पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका...

ब्रटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस सञ्चालन गर्ने उत्कृष्ट साझेदार संस्थालाई सम्मान

ब्रटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस सञ्चालन गर्ने उत्कृष्ट साझेदार संस्थालाई सम्मान

काठमाडौं । ब्रिटिस काउन्सिल नेपालले २५ जुन २०२६ मा आइइएलटिएस...

‘मैदानमा क्रिकेट ब्याटको प्रहार, महिला सशक्तीकरणको आधार’

‘मैदानमा क्रिकेट ब्याटको प्रहार, महिला सशक्तीकरणको आधार’

पोखरा । कुनै समय थियो, नेपाली समाजमा छोरीहरूले क्रिकेट मैदानमा...

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ४३८ सवारीचालक सवारी...

२० वर्ष पूरा भएका अविवाहित छोरीका अभिभावकलाई सम्मान, छोरीलाई प्रोत्साहन रकम

२० वर्ष पूरा भएका अविवाहित छोरीका अभिभावकलाई सम्मान, छोरीलाई प्रोत्साहन रकम

जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकाले २० वर्ष उमेर पूरा भई...