back
CTIZAN AD

पौवादुङमा गाँउपालिकामा ‘शून्य होम डेलिभरी’

वि.सं.२०८३ असार १२ शुक्रवार

270 

shares

भोजपुर । पौवादुङमा गाउँपालिकाले सबै वडामा सुविधासम्पन्न बर्थिङ सेन्टर निर्माण गरेसँगै ‘शून्य होम डेलिभरी’ कायम भएको छ ।

गाउँपालिकाभित्र पाँच वटा बर्थिङ सेन्टर सञ्चालनमा आएपछि घरमै प्रसूति हुने प्रचलन पूर्ण रूपमा अन्त्य भएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले सबै वडामा सुरक्षित प्रसूति सेवा उपलब्ध भएपछि गर्भवतीलाई स्वास्थ्य संस्थामै प्रसूति गराउन आउनेक्रम बढेको बताउँछन् ।

गाउँपालिकाका उपाध्यक्ष ज्योत्सना राईले पोषण सुधारका लागि ‘आफैँ पाल्ने, आफैँ खाने’ कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।

उनले उक्त कार्यक्रमअन्तर्गत आमालाई कुखुरा वितरण गरी पोषणयुक्त आहारमा जोड दिइएको बताए ।

नवजात शिशुको भविष्य सुरक्षित गर्न गाउँपालिकाले विशेष कार्यक्रम पनि अघि बढाएको छ । प्रत्येक नवजात शिशुका नाममा मासिक रु ५०० बैंक खातामा जम्मा गर्ने व्यवस्था गरिएको छ ।

स्थानीय बलराम राईले गर्भवतीलाई स्टेचरमा बोकेर अस्पताल पु¥याउनुपर्ने बाध्यताको अन्त्य भएको बताए । “अहिले गाउँमै सेवा पाइने भएपछि जोखिम र दुःख दुवै हटेको छ”, उनले भने ।

गाउँपालिकाले स्वास्थ्यलाई प्राथमिकता राख्दै आवश्यक काम गरिरहेको अध्यक्ष किरण राईले बताए ।

वि.सं.२०८३ असार १२ शुक्रवार १४:२० मा प्रकाशित

कांग्रेससँगको सत्ता सहकार्य अन्त्यसँगै बागमती प्रदेश सरकारबाट एमाले बाहिरिँदै

कांग्रेससँगको सत्ता सहकार्य अन्त्यसँगै बागमती प्रदेश सरकारबाट एमाले बाहिरिँदै

काठमाडौं । केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेबीचको सत्ता सहकार्य...

नयाँ पुस्तालाई नेता चन्द्र भण्डारीको सन्देश – एकैचोटि सबै गर्न खोज्दा सफलता टाढिन्छ

नयाँ पुस्तालाई नेता चन्द्र भण्डारीको सन्देश – एकैचोटि सबै गर्न खोज्दा सफलता टाढिन्छ

काठमाडौं । नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले नयाँ पुस्तालाई जीवन,...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

युवालाई कृषिमा आकर्षित गर्न सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता

युवालाई कृषिमा आकर्षित गर्न सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता

बागमती । हेटौँडा उपमहानगरपालिकाले युवा पुस्तालाई कृषिमा आकर्षित गर्ने लक्ष्यसहित...

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने तयारी

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने तयारी

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई...

आज देशैभरी भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

आज देशैभरी भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न...